सरकारले खारेज गरेको सिन्डिकेटधारी यातायात समिति सर्वाेच्चले ब्यूँतायो

Apr 03, 2024 02:43 PM Merolagani

सरकारले २०७५ वैशाख ४ गतेको मन्त्रिपरिषद् बैठकबाट देशभरका सडकमा सिन्डिकेट लगाउँदै आएका यातायात समितिहरूलाई खारेज गर्ने निर्णय गरेकाे पाँच बर्षपछि सर्वाेच्च अदालतले ब्युँताएको छ ।

यातायात व्यवसायमा सिन्डिकेट गरेको आरोपसहित सरकारले खारेज गरेका समितिहरू सर्वोच्च अदालतले ब्युँताइदिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले तीनवटा विभिन्न समितिका पक्षमा मंगलबार फैसला गरेकाे हाे ।

सरकारले २०७५ वैशाख ४ गतेको मन्त्रिपरिषद् बैठकबाट ठूलो रकमको कारोबार गर्ने समितिहरू गैरसरकारी संस्था शैलीमा चलेकाले करको दायरामा पनि नरहेकोले समितिहरुलाई कम्पनी मोडलमा लैजाने निर्णय गरेको थियो ।

गत माघमा तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई पेस गरिएको यातायात सुधार समितिको कार्यदलको प्रतिवेदनमा पनि यातायात समिति ब्यूताउन सुझाव दिएको थियो । 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।