झन्डै एक बर्ष रोकिएको लाइसेन्स छपाइ आजदेखि सुरु, विभाग भन्छ- कार्डको समस्या समाधान भयो

Apr 04, 2024 01:31 PM Merolagani

लाइसेन्स छपाई रोकिएको १० महिनापछि स्मार्ट लाइसेन्स छपाई सुरु हुने भएको छ । विभागले जर्मनीबाट ल्याइएको १२ लाख स्मार्ट लाइसेन्स कार्ड आजदेखि छाप्न थालेको महानिर्देशक उद्धव रिजालले बताए ।

उनका अनुसार केहि दिन अघिदेखि ती ल्याइएका स्मार्ट कार्ड परिक्षण भइरहेको थियो । सो परीक्षण सफल भएपछि आजदेखि पुनः लाइसेन्स छपाइ सुरु भएको जनाएको छ ।

यस अघि विभागले ल्याएको कार्डलाई छपाई मेसिनले सपोर्ट नगर्ने तथा प्रिन्ट नहुने समस्या थियो । कार्डको ‘स्पिसिफिकेसन’ नमिल्दा यसअघि उक्त मेसिनमा प्रिन्ट सम्भव भएको थिएन । विभागले आज साझदेखि छपाई थाल्ने तयारी गरेको छ ।

मौजाद कार्ड नहुँदा झन्डै १० महिनादेखि लाइसेन्स छपाई ठप्प छ । विभागसँग कार्ड नहुँदा अत्यावश्यक लाइसेन्स चाहिने व्यक्तिलाई मात्रै लाइसेन्स दिदै आएको थियो । हाल विभागसँग भएको छपाई मेसिनले दैनिक तीनदेखि चार हजार ओटा लाइसेन्स छाप्छ ।

विभागले लाइसेन्स छपाई गर्न नसक्दा १३ लाख बढी सेवाग्राही लाइसेन्स कुरेर बसिरहेका छन ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।