विकास बैंकहरुको रिटर्न अन इक्वीटि ३ प्रतिशतभन्दा मुनि, लगानीकर्तालाई छैन प्रतिफल

May 02, 2024 06:03 PM Merolagani

विकास बैंकहरुका रिटर्न अन इक्वीटि ३ प्रतिशत भन्दा मुनि झरेको छ। बैंकहरुले प्रकाशित गरेको त्रेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार औसतमा बैंकहरुको रिटर्न अन इक्वीटि २.७७ प्रतिशतमा झरेको हो।

१६ वटा विकास बैंकहरुमा १२ विकास बेंकको रिटर्न अन इक्वीटि सकारात्मक देखिदा ४ वटाको भने नकारात्मक देखिएको छ।

तेस्रो त्रैमाससम्ममा मुक्तिनाथ विकास बेंकको रिटर्न अन इक्वीटि सबैभन्दा धेरै ११.५ प्रतिशत छ भने गरिमा विकास बैंक र साइन रेशुंगा डेभलपमेन्ट बैंकको १० प्रतिशत छ। कामना सेवा विपकास बैंकको ८ प्रतिशत छ भने अन्यको ८ प्रतिशतभन्दा कम छ।

चैतसम्म्मा सप्तकोशि डेभलपमेन्ट बैंक, सिन्दु विकास बैंक, नारायणि डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकको रिटर्न अन इक्वीटि नकारात्मक छ। जसमा सप्तकोशि डेभलपमेन्ट बैंकको रिटर्न अन इक्वीटि १७ प्रतिशतले नकारात्मक छ भने सिन्धु विकास बैंकको १२ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ८ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकको ३ प्रतिशतले नकारात्मक छ।

  • आधा बैंकले दिएनन लाभांश

चालु आर्थिक वर्षमा पनि आधाभन्दा धेरै विकास बैंकले शेयरधनीलाई लाभांश वितरण गर्न सकेनन्।

यस वर्ष मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसु‌ंगा डेभलपमेन्ट बैंकले लाभांश वितरण गरेका थिए। यसबाहेक ९ बैंकले शेयरधनीलाई लाभांश वितरण गर्न सकेनन्। लाभांश वितरण गर्ने बैंकहरुको पनि लाभांश दर निकै घटेको छ।

आगामि आर्थिक वर्षमा पनि अधिकाँश बैंक शेयरधनीलाई लाभांश वितरण गर्न नसक्ने अवस्थामा छन्।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।