एभरेष्ट इन्स्योरेन्सले खुद नाफामा मार्यो छलाङ

Aug 16, 2017 Merolagani



एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षमा चार करोड ५५ लाख ८९ हजार रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा एभरेष्टले दुई करोड ८१ लाख २१ हजार रुपैंया खुद नाफा कमाएको थियो ।  समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा ६२.१४ प्रतिशतले बढेको हो ।

कम्पनीको खुद नाफामा आएको बढोत्तरीले प्रतिसेयर आम्दानी ३७ रुपैंया ५२ पैसा कायम भएको छ ।

१० करोड १८ लाख ६३ हजार रुपैंयाको खुद बीमाशुल्क आर्जन गरेर एभरेष्टले चार करोड ८१ लाख ७७ हजार रुपैंयाको खुद बीमा दाबी भुक्तानी गरेको छ । पुनर्बीमा कमिशन आय बढेको कम्पनीको दाबी भुक्तानीको रकम घट्दा समेत नाफा नोक्सानको हिसाव अघिल्लो आर्थिक वर्षको भन्दा कमजोर देखिन्छ ।

लगानी कर्जा तथा अन्य आय झण्डै दोब्बरले बढाएर एक करोड १२ लाख १३ हजार रुपैंया पुर्याएको कम्पनीको व्यवस्था फिर्ता वापतको रकम ३० लाख ३० हजार रुपैंयाबाट बढेर तीन करोड ४८ लाख ६० हजार रुपैंया पुगेको छ । व्यवस्था फिर्ताबाट ठूलो रकम उठाएका कारण एभरेष्टको खुद नाफामा भारी वृद्धि आएको हो ।

२६ करोड ३३ लाख २१ हजार रुपैंयाको कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले १८ हजार पाँच सय ५५ वटा बीमालेख जारी गरेको छ । २३६ वटा बीमालेख नवीकरण गरेको कम्पनीले एक हजार तीन सय ८० वटा बीमा दाबी भुक्तानी गरेको छ । अब एभरेष्टले १३ करोड ८५ लाख ९३ हजार रुपैंयाको छ सय ६५ वटा बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।

१२ करोड १५ लाख रुपैंयाको चुक्ता पूँजीलाई एक अर्ब बनाउन छ सय प्रतिशत हकप्रद बेच्ने तरखर गरिरहेको एभरेष्टको जगेडा कोषमा ११ करोड ४८ लाख ७७ हजार रुपैंया सञ्चित छ । उसको प्रतिसेयर नेटवर्थ तीन सय ८१ रुपैंया ५३ पैसा छ । कम्पनीले बीमा कोषमा १५ करोड २३ लाख ३७ हजार रुपैंया सञ्चित गरेको छ ।

लामो समय विवादमा फसेर स्वस्थ बन्दै गरेको कम्पनीले विगतको जस्तो समस्या झेल्न नपरेको अवस्थामा प्रगतिको क्रमलाई राम्राे बनाउँदै लैजाने देखिन्छ ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।