चेम्बरका नयाँ अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित

Apr 10, 2024 04:02 PM merolagani

नेपाल चेम्बर अफ कमर्सका अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित भएका छन्। ७३औ वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्ष चयन गरेको हो।

अग्रवाल यस अघि चेम्बरका वरिष्ठ उपाध्यक्ष थिए। उनी दुई दशक देखि चेम्बरमा आबद्ध थिए। व्यवसायीक क्षेत्रमा ४० वर्ष भन्दा बढीको अनुभव भएका अग्रवाललाई नयाँ अध्यक्षको रुपमा निर्वाचित भएको भन्दै निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले शुभकामना दिँदै पद हस्तान्तरण गरे। उनले त्रिभुवन बिश्वबिध्यालयबाट स्नातकोत्तर गरेका छन्। 

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।