इरानले इजरायल माथि आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति बाइडेनको प्रतिक्रिया ‘इजरायलको सुरक्षामा प्रतिवद्ध छौं’

Apr 16, 2024 11:28 AM Merolagani

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको सुरक्षाप्रति आफ्नो देशको प्रतिवद्धता दोहोर्याएका छन् । ह्वाइट हाउसको ओभल अफिसमा इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुडानीसँगको भेटमा बाइडेनले यस्तो बताएका हुन ।

उनले द्वन्द्वलाई थप फैलिन नदिने आवश्यकतालाई जोड दिए। उनले युद्धविरामका लागि प्रतिवद्ध रहेको पनि बताए ।

 इरानले शनिवार इजरायलको बिरूद्ध ठूलो आक्रमण गरेपछि बाइडेनको पहिलो सार्वजनिक टिप्पणी हो । बाइडेन प्रशासनले इरानी आक्रमण र सम्भावित इजरायली सैन्य प्रतिक्रियाले अन्यथा निम्त्याउने फराकिलो क्षेत्रीय युद्धलाई रोक्न कोशिस गरिरहेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।