एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

Apr 17, 2024 11:39 AM Merolagani

प्रहरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामालाई पक्राउ गरेकाे छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएकाे हाे ।

उनीमाथि लागुऔषध ब्राउन सुगर कारोबारमा मुद्दा दायर गरिएकाे थियाे । साेही मुद्दामा अदालतबाट दोषी ठहरिँदा पनि उनी फरार रहेका थिए । जसपश्चात बुधबार उनी पक्राउ परेका हुन् ।

उनलाई अदालतमा उपस्थित गराइएकाे छ । कैद भुक्तानका लागि लामालाई नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।