सल्यानमा बस दुर्घटना, ४ जना गम्भीर घाइते

Apr 17, 2024 12:35 PM Merolagani

सल्यानमा बस दुर्घटना भएकाे छ । बुधबार बिहान दाङबाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका-२, सिङबाङमा दुर्घटना भएको हाे।

उक्त दुर्घटनामा परि १४ जना घाइते भएका छन् । जसमध्ये ४ जना गम्भीर घाइते रहेका छन् । यतिबेला घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेकाे छ ।

आज बिहान १० बजेर ४५ मिनेटमा रा१ख २०८५ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा भएकाे थियाे ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।