भारी वर्षाका कारण युएई जलमग्न, उडान प्रभावित

Apr 17, 2024 01:14 PM Merolagani

मरूभूमी र उच्च तापक्रमका लागि परिचित संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा मंगलबार भारी वर्षा भयाे । जसकारण युएई डुबानमा परेको छ । भीडभाड हुने यो सहरमा भारी वर्षा, आँधी हुरीका कारण जनजीवन पूर्णरुपमा ठप्प भएको छ ।

यससँगै सहरमा आएको बाढीले जलवायु परिवर्तनको चिन्ता बढाएको छ । अहिले युएईकाे सडक र घर समेत डुबानमा परेका छन् । त्यहाँका आवासीय समुदायले बाढीको सामना गर्नुपरेको छ । त्यहाँका बासिन्दाहरूले घरको छत, ढोका र झ्यालबाट पानी पसेको बताएका छन् । युएईभरिका विद्यालयहरू बन्द छन्। जुन बुधबारसम्म बन्द रहने बताइएको छ । दुबई सरकारले आफ्ना कर्मचारीहरूका लागि बुधबारसम्म घरबाट काम गर्ने समय बढाएको छ ।

युएईका कैयाैं क्षेत्रमा ८० घण्टामा २४ मिलिमिटरभन्दा बढी वर्षा भएको छ । मौसम बोर्डले ट्विटरमा पोस्ट गर्दै सबै बासिन्दाहरूलाई सावधानी अपनाउन र बाढी र जलमग्न क्षेत्रहरूबाट बच्न आग्रह गरेको छ। बहराइनमा राति मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । ओमान पार गरेपछि यो आँधी युएई, बहराइन र कतारसम्म पुगेको थियो । जहाँ दर्जनौं मानिस विनाशकारी बाढीमा फसेका छन् ।

मंगलबार भएकाे  वर्षाका कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थल पनि जलमग्न भएको छ । दुबई अन्तर्राष्ट्रिय विमानस्थल संसारको सबैभन्दा व्यस्त एयर हबको रूपमा चिनिन्छ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा जलमग्न

विमानस्थलमा पानी जमेको अवस्थालाई मध्यनजर गर्दै धेरै उडानहरू डाइभर्ट गरिएका छन् । दुबई विमानस्थलमा सामान्यतया बेलुकीपख करिब १०० जहाज आउँछन् तर त्यहाँको अहिलेकाे अवस्थाका कारण उडानलाई डाइभर्ट गरिएको थियो । तर, २५ मिनेटपछि भने बिस्तारै विमानको आवतजावत सुरु भएकाे थियाे।

भारी वर्षाका कारण उडान सञ्चालनमा ढिलाइ वा उडान रद्द भएको छ। सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा धावनमार्ग पूरै डुबेको देख्न सकिन्छ । विमानस्थलको पार्किङ पनि आधा डुबेको छ । विमानस्थल जाने सडकमा पनि पानी जमेको देखिएको छ । दुबई सपिङ मल पनि घुँडासम्म पानीले भरिएको छ।

ओमान र बहराइनमा पनि बाढी

हाल भारी वर्षाका कारण दुबईका सडकहरु भत्किएका छन् भने विभिन्न घरको छाना,ढोका र झ्यालबाट पानी पर्न थालेको छ । आँधीको प्रभाव पनि दुबईभन्दा बाहिर फैलिएको छ । पूरै संयुक्त अरब इमिरेट्ससँगै छिमेकी देश बहराइन पनि बाढीले डुबेको छ । अहिलेको अवस्थालाई ध्यानमा राख्दै युएईमा विद्यालय बन्द गरिएको छ । अर्कोतर्फ, ओमानमा वर्षा र आँधीका कारण अहिलेसम्म १८ जनाको मृत्यु भएको छ । आँधीका कारण बहराइनको अवस्था पनि नाजुक बनेको छ ।

एजेन्सी । 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।