सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो

Apr 18, 2024 11:38 AM Merolagani

बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । वैशाख ६ गते,बिहीबार सुन प्रतितोला ६०० रुपैयाँ घटेको छ भने चाँदी मूल्य प्रतितोला १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसदिन,चाँदीको भाउ भने बुधबार सस्तिएको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले ओरालो लाग्दा एक हजार ७१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

हिजो भने चाँदीको मूल्य वृद्धि भएको छ । आज चाँदीको मूल्य १० रुपैयाँले नै बढेर एक हजार ७२५ रुपैयाँ किनबेच भएको छ । बुधबार एक हजार ७५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।