दरिला समूहको सूचकमा गिरावट आउँदा बजार उठेन, ब्राेकरकाे उधाराे काराेबारले बजार नबढ्ने

Apr 18, 2024 04:31 PM Merolagani

सुधा देवकोटा
शेयर बजार बढ्न सकिरहेको छैन । नेप्सेमा सूचिकृत भएका दरिला कम्पनी चल्न नसक्दा नेप्से सूचक बढ्न नसकेको हो ।

हालसम्मकै उच्च विन्दुबाट नेप्से सूचक ३७.७२ प्रतिशतले घटेको छ । सेन्सेटिभ सूचक ४० प्रतिशतले घट्दा फ्लोट सूचक ३९.८२ प्रतिशत र सेन्सेटिभ फ्लोट सूचक ४२.८३ प्रतिशतले घटेको छ । यस अन्तरालमा सबैभन्दा धेरै बैंकिङ समूहमा दबाब परेको देखिन्छ । कारोबारमा रहेका १३ वटा समुह मध्ये १० वटा समूहको सूचक नकारात्मक भएको छ भने दुई समूह मात्रै सकारात्मक छ ।

यो अवधिमा बैंक समूह ५०.३७ प्रतिशतले घटेको छ । जीवन बीमा समूह ४३.२९ प्रतिशतले घटेको छ भने लगानी समूह ३९.५८ प्रतिशतले घटेको छ । त्यसैगरी विकास बैंक, फाइनान्स र हाईड्रोपावर समूहको सूचक ३७ प्रतिशत भन्दा धेरैले झरेको छ ।

निर्जीवन समूह २८.२१ प्रतिशत, व्यापार समूह २७ प्रतिशत, अन्य १८.८२ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको सुचक १२.०२ प्रतिशतले घटेको छ ।

उक्त तथ्यांकलाई केलायर हेर्दा नेप्से सूचक उच्च विन्दुबाट झर्दा वाणिज्य बैंक र बीमा समूहमा सर्वाधिक दबाब परेकाे छ । पुँजीगत रुपमा दरिला समूहको सूचकमा भारि गिरावट आउँदा बजारको सूचक चल्न नसकेको लगानीकर्ताहरुको बुझाई छ ।

बैंकको शेयर विगत लामो समयदेखि घट्दो अवस्थामा छ । वाणिज्य बैंकको शेयर मूल्य अझै घट्न सक्ने शेयर बजारका अध्येता अम्बिर बोगटीले बताए । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी प्रतिफललाई हेरेर लगानी गर्ने हो । यस वर्ष केही बाणिज्य बैकले लाभांश वितरण गर्न सकेनन । चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्था खासै राम्रो आउने अवस्था छैन । यसले आगामी वर्ष बैंकहरुले वितरण गर्ने लाभांसमा प्रभाव पार्न सक्ने बोगटीको अनुमान छ ।

बैंकमा सबैतिरबाट आक्रमण भएको छ । ‘नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कडाई गरिरहेकाे छ। व्यवसाय विस्तारबाट नाफा कमाउने भन्दा राष्ट्र बैंकले तोकेको नाफामा सन्तुष्ट हुनुपर्ने अवस्था छ। कुन शीर्षकको कर्जामा कति ब्याज लिने केन्द्रीय बैंकबाट निर्धारण भएको छ । कर्जा रिकभरिमा समस्या छ । उठ्न नसकेका कर्जाहरुमा प्रोभिजन गर्नुपर्यो । ऋणीहरुले ऋण नतिर्ने भन्दै आन्दोलनमा उत्रेका छन । यसले वित्तीय क्षेत्रमा समस्या उत्पन्न गराएको छ । सरकारको तर्फबाट पनि भूतप्रभावी कर असुल गर्दै बैंकहरु माथि नै भार बढाएको बोगटीको आरोप छ ।

करिब दुई वर्षदेखि बजार साईडवेजमा चलेको छ । अहिलेको बजारमा सर्टटर्म कारोबारी मात्रै सकृय रहेको देखिन्छ । थोरै पूँजी भएका कम्पनीहरु आज बढ्छ । भोलि नाफा सुरक्षित गर्दा पुन: सोही विन्दुमा झर्दा सूचकमा त्यस्तो कारोबारको योगदान कम रहन्छ । शेयर किनेर खातामा आउनासाथ  जति नाफा हुन्छ बिक्री गरीहाल्ने प्रवृत्ति बढेको छ । ब्रोकरको लिमिटबाट गरिएको उधारो कारोबारले बजार बढाउन नसक्ने जानकारहरुको बुझाई छ ।

विगत एक वर्षदेखि बैंकको ब्याजदर घट्दो अवस्थामा छ । बैंकमा तरलता पर्याप्त मात्रामा हुँदाहुँदै बजार बढ्न सकिरहेको छैन । तथ्यंकमा देखिएको तरलताले बजारको लागि खासै काम नगरेको अध्येता बोगटीले बताए ।

उनले भने –‘मुद्रा बजारमा देखिएको पैसा पूँजी बजारमा आउनको लागि नीतिगत कठिनाईहरु छन् । त्यसलाई सरकारले सहजिकरण गर्न सकिरहेको छैन । कुनै ब्यक्तिको पैसाले बजार बढाउन सक्दैन। ठूलो पैसा बजारमा ल्याउन सिमा लगाईएको छ । अर्कोतर्फ, शेयर धितो कर्जामा जाने ब्याजदर अझै महंगो छ । ब्यक्तिगत कर्जामा आया स्रोत पुर्याउन नसक्ने अवस्था हुँदैन । घाटामा गएका कम्पनीले ऋण लिन पाउँदैनन। यस्ता कुराहरुले बजारमा लामो समय देखि लगानी गर्दै आएका कुराले लगानीकर्ताको आत्मविश्वास बढाउन सकिरहेको छैन ।’

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।