सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाइँले हस्ताक्षर गरेका छन् ।
न्यादी पावरले प्रतिकिता एक सय रुपैयाँको दरले ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता शेयर निष्कासन गर्दैछ । उक्त शेयरको तीन अर्ब तीन करोड ६० लाख ७८ हजार ४०० रुपैयाँ बराबरको शेयर प्रत्याभूति कोषले गर्ने भएको हो ।
यो भन्दा अघि पनि कोषले धेरै कम्पनीहरुसँग प्रत्याभूतिको कार्य गरिसकेको छ ।