मञ्जुश्री फाइनान्सको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति?

Apr 19, 2024 03:45 AM Merolagani

मञ्जुश्री फाइनान्स (MFIL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार फाइनान्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा फाइनान्सले १५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.०७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले १७ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ७.२३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३४.५० प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा फाइनान्सको कुल सञ्चालन आम्दानी १०.६१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.२१ प्रतिशत घटेको छ।

चैत मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २ करोड ८ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा २ रुपैयाँ ६ पैसा रहेको छ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी २ रुपैयाँ ४ पैसा घटेर १४ रुपैयाँ ९० पैसामा सीमित भएको छ। सो अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ३३.८९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ७५ पैसा रहेको छ।

१ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा ८० करोड ७६ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा फाइनान्सले १५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।