सुनको भाउमा नयाँ रेकर्ड, शुक्रबार कति पुग्यो मुल्य?

Apr 19, 2024 11:26 AM Merolagani

सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ। शुक्रबार सुन तोलामा ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३९ हजार ३०० र तेजाबी सुनको भाउ प्रतितोलमा १ लाख ३८ हजार ६५० रुपैयाँ पुगेको छ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यसअघि सुनका भाउ प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँसम्म पुगेको थियो। शुक्रबार सो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरेको हो।

यस्तै शुक्रबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रििततोला १ हजार ७२० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।