डलरको भाउमा नयाँ रेकर्ड, नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै

Apr 19, 2024 11:31 AM Merolagani

बैशाख ७ गते, शुक्रबार,अमेरिकी डलरको भाउले पुनः नयाँ रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंक अनुसार शुक्रबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ९७ पैसा कायम भएको छ। यो हालसम्मकै उच्च हो।

यसअघि बैशाख ५ गतेदेखि १३३ रुपैयाँ ९६ पैसा रहेको डलरको भाउले शुक्रबार फेरि नयाँ रेकर्ड बनाएको हो। अब एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ९७ पैसा खर्च गर्नु पर्ने भएको छ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दै गइरहेका कारण नेपाली रुपैयाँ पनि दिन प्रतिदिन कमजोर हुँदै गएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो। पछिल्लो समय युरोपेली देशहरुमा चर्किरहेको युद्धले डलरको भाउ बढे्दै गएको हो। रसिया युक्रेन युद्धको कारण डलरको भाउ पछिल्लो एक वर्षदेखि निरन्तर बढिरहेको छ।

डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुनेछ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ। डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केही फाइदा हुन्छ। तर आयातको हिस्सा धेरै भएकोले डलर महंगिदा फाइदा भन्दा बेफाइदा बढी हुन्छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।