दोलखामा जन्ती लिएर गएकाे बस दुर्घटना, ३ जनाको मृत्यु

Apr 19, 2024 12:27 PM Merolagani

दोलखामा जन्ती लिएर गएकाे बस दुर्घटना भएकाे छ । दाेलखास्थित भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट जन्ती बाेकेर गइरहेकाे बा ४ ख ५६१६ नम्बरको बस तौथलीकाे धारावतीमा दुर्घटना भएको छ। उक्त दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् । 

उक्त बस बेहुली लिनकाे लागि सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-४ पिस्कर जाँदै थियाे ।हिले २९ जना घाइतेकाे खाडीचौरको सदाबहार अस्पतालामा  उपचार भइरहेको छ । स्थानीय  र प्रहरीले घाइतेलाई उद्वार गरेर अस्पताल पुर्याएका थिए ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।