२०१८ मा मृत घाेषित जर्मन अर्बपति वर्षाैपछि रूसमा अर्की गलफ्रेण्डसँग भेटिएपछि...

Apr 19, 2024 05:06 PM Merolagani

अर्बपतिहरूको जीवन सार्वजनिक हुन्छ । सेलिब्रेटिज भएकाले उनीहरूकाे जीवनमाथि सारा विश्वले नियाली रहेकाे हुन्छ। उनीहरूको जीवनशैलीलाई हजारौं मानिसले पछ्याइ रहेका हुन्छन् । तर जर्मनीका एक अर्बपति भने अपवाद बन्न पुगे । उनीसँग यस्ताे अनौठो घटना घट्याे जसले सबैलाई अचम्म बनायाे ।

जर्मनीका अर्बपति आल्प्स हिमालमा घुम्न गएका थिए । तर उनी अचानक बेपत्ता भए । धेरै दिन खोजी गर्दा पनि उनकाे शव फेला परेन । त्यसपछि उनलाई मृत घाेषित गरियाे ।

यो खबर उनकी श्रीमती र छोराछोरीसम्म पुगेपछि उनीहरु अत्यन्त दुःखित भए । तर,वर्षौंपछि उनै अर्बपति अर्की महिलासँग घुमफिर गरिरहेकाे देखिए ।

काे हुन् ती अर्बपति ?

बेपत्ता भनिएका ती जर्मन व्यवसायीकाे नाम कार्ल-एरिभान हब हाे । मेट्रो रिपोर्टका अनुसार कार्ल-एरिभान हब स्विट्जरल्याण्डस्थित म्याटरहर्न पहाडमा स्कीइङको प्रशिक्षण लिइरहेका थिए। यसैबीच उनी सन् २०१८ को अप्रिलमा बेपत्ता भएका थिए ।

अन्तिम पटक उनलाई बिहानै स्की लिफ्टमा एक्लै हिंडिरहेको देखिएकाे थियाे । तर त्यसपछि उनी कहिल्यै आफ्नो होटेलमा फर्केनन्।

५८ वर्षका हबकाे खाेजी गर्न उद्धार टोली र पाँच हेलिकप्टर परिचालन गरियाे । तर टोलीले उनको खोजी ६ दिनसम्म गरेता पनि फेला पारेन न नत उनकाे शव नै फेला पर्याे । त्यसपछि, २०२१ मा जर्मन अदालतले उनलाई कानुनी रूपमा नै मृत घोषित गरेको थियो।

सम्पत्ति ५.२ बिलियन पाउन्ड अनुमान गरिएको छ

हबकाे बेपत्ता हुँदा क्याट्रिनसँगकाे विवाहकाे १९ वर्ष बितिसकेकाे थियाे । अर्बौं बराबर सम्पत्तिका मालिक कार्ल-एरिभानले आफ्नी श्रीमती र दुई छोराछोरीलाई चटक्कै छोडेर कता गए त ? 

उनी विश्वको चौथो ठूलो रिटेल सुपरमार्केट तथा वितरण कम्पनी 'टेन्जेलम्यान ग्रुप'का कार्यकारी हुन् । यसैगरी,टेन्जेलम्यान ग्रुप टाइटन्स र वाल-मार्ट पछिमा गनिन्छ। उनको कम्पनी टेन्जेलम्यानमा ७५,००० भन्दा बढी कर्मचारीहरूले काम गर्ने गरेका छन्। ६४ वर्षीय कार्ल एरिभानको सम्पत्ति ५.२ बिलियन पाउण्ड रहेको अनुमान गरिएको छ ।

तर यस्ता धनाढ्य व्यक्ति कुनै चिन्ह पनि नछाेडी बेपत्ता हुँदा सबै चकित भए । उनी फेला नपरेपछि उनका भाइ क्रिस्चियनले आफ्नो दाइ जीवित नभएको भन्दै अदालतमा शपथपत्र दायर गरेका थिए ।

तर अब एक जर्मन न्यूज च्यानलले उनलाई मस्कोमा रुसी महिलासँग देखेको दाबी गरेको छ । उक्त संचारमाध्यमका अनुसार कार्ल एरिभान अहिले २० वर्ष कान्छी एक महिलासँग मस्काेमा बसिरहेका छन् । उनी भेरोनिका एर्मिलोवा नामकी महिलासँग बस्दै आएकाे संचारमाध्यमले उल्लेख गरेकाे छ । यी महिला पनि निकै धनी रहेकाे बताइएकाे छ । 

तीन दिनमा भेरोनिकाको फोनमा १३ कलहरू

रिटेल सुपरमार्केटका टाइकन कार्ल-एरिभानले २०१८ मा बेपत्ता हुनु अघि भेरोनिकाको फोनमा तीन दिनमा १३ पटक कल गरेकाे पनि यो पनि दावी गरिएको छ । कति कलमा उनले प्रेमिकासँग एक घण्टाभन्दा बढी समय कुरा गरेकाे पनि पाइएकाे छ ।

अनुसन्धानका अनुसार ४४ वर्षीया भेरोनिकाले सेन्ट पिटर्सबर्गमा एक एजेन्सी चलाइरहेकी थिइन् ।एर्मिलोवाकाे लिंकेड प्राेफाइल हेर्दा उनी रूसी कार्यक्रमकी मार्केटिङ निर्देशक हुन् । उनकाे कम्पनी इभेन्ट म्यानेजमेन्टकाे काम गर्ने बताइएकाे छ ।

यसैगरी, उनकाे कम्पनीले मानिसहरूलाई स्कीइङको तालिम दिने गरेकाे पनि केहिले बताएका छन्। उनी रुसी गुप्तचर एजेन्सी एफएसबीका लागि काम गर्दै आएको दाबी पनि गरिएको छ ।

हब र उनकी प्रेमिका भेरोनिकालाई एकै स्थानमा लगातार देखिनुले पनि शंका उत्पन्न गराएकाे हाे । २००८काे जुलाइमा यी दुबैजना मस्काे र साेचीमा केहि दिनकै अन्तरालमा पुगेकाे देखिन्छ । यसैगरी, २००९मा दुबै जनाले एकै रातमा, एकै रेलमा यात्रा गरेकाे पनि खुलेकाे छ । यद्धपी मस्काे देखि पिटरस्बर्ग जाने रेलमा उनीहरू फरक डब्बा अथवा कम्पार्टमेन्टमा यात्रा गरेकाे पाइएकाे हाे । यस्ता अन्य घटना पनि रूसका ओम्स्क, सोची, बाकु र मस्को लगायतका स्थानान वर्षैभरि भइरहेकाे देखिन्छ ।

यसबाट हबले आफ्नो मृत्युकाे झुटो कथा रचेकाे प्रष्ट भएकाे बताइएकाे छ। अहिले प्रहरी र गुप्तचर निकायले उनीमाथि अनुसन्धान गरिरहेका छन् ।

कम्पनीकाे शेयरमा विवाद

हबलाई मृत घोषित गर्ने कोलोन अदालतले अब शपथ अन्तर्गत झूटा बयान गरेको आशंकामा क्रिश्चियन हबलाई अनुसन्धान गरिरहेको छ। क्रिस्चियन हबका वकिल मार्क बिन्जले आरोपकाे खण्डन गरेका छन् । यस आरोपमा कुनै सत्यता नभएकाे उनले बताए ।

कार्ल-एरिभान बेपत्ता भएपछि हब परिवार विवादले भरियाे। २०२१ मा क्याट्रिन हबले आफ्नो श्रीमानकाे मृत्युकाे प्रमाणपत्र लिन अस्वीकार गरिन्। तर उनी र उनका छोराछोरी तथा परिवारका अन्य सदस्यहरूले अन्ततः अदालतको निर्णयमा सहमत जनाए। उनीहरूमध्ये धेरैकाे टेङ्गेलम्यान समूहमा शेयर रहेकाे थियाे।

बाँकी शेयरधनीहरूले सम्पत्तिको बण्डाका लागि गरिरहेकाे लडाइसँगै याे परिवारले सामना गरिरहेकाे एक जटिल संघर्षकाे  यस निर्णयले अन्त्य गर्याे । कार्ल-एरिभान र क्रिस्चियनसँग टेन्जेलम्यान समूह सह-सञ्चालन गरिरहेका जर्ज हबले कार्ल-एरिभानको मृत्युकाे प्रमाणपत्रको लागि दिएकाे आफ्नो २०२० को आवेदन तीन महिना पछि फिर्ता पनि लिए।

यसबीचमा यी अर्बपति बेपत्ता भएका बारेमा विभिन्न अनुमान र प्रश्न उब्जिरहे । २०२१ काे सुरूवातमा क्याट्रिन र हबका बाँकी जीवित उत्तराधिकारीहरूले प्रमाणपत्रमा हस्ताक्षर गरे । त्यसपछि टेन्जेलम्यानमा रहेको उनीहरूको शेयर अन्ततः क्रिस्चियन हबकाे नाममा हस्तान्तरण गरियाे।

तर RTL ले यस अवधिमा पनि कार्ल एरिभानले रूसी व्यापारिक सम्बन्धहरू भने कायम राखेकाे रिपोर्ट गरेकाे छ । उनले बेपत्ता भएको केहि घण्टामा नै रुस र जेनेभामा रुसी बैंकर आन्द्रे सुजडालत्सेभलाई फोन गरेका थिए। हबले सर्गेई ग्रिशिन सहित रूसी टाइकनहरूसँग पनि व्यापार सञ्चालन गरिरहेका थिए। "स्कारफेस ओलिगार्क" ले विवादास्पद रूपमा प्रिन्स ह्यारी र मेघन मार्कललाई २०२० मा क्यालिफोर्नियाको घर बेचेको थियो र सोभियत संघको पतनको समयमा "सबैभन्दा ठूलो बैंक ठगी योजना" गरेको दाबी गर्‍यो।

हब जीवित छन् वा छैनन् भन्ने विषयमा उनका पूर्व सहयोगीहरू मध्येका एक ग्रिशिनलाई थाहा हुन सक्थ्याे। तर ५६ वर्षीय उनको मस्तिष्कमा रक्तसञ्चारमा समस्या भएका कारण २०२३ मार्चमा रुसी अस्पतालमा मृत्यु भएको थियो।

यसैगरी, संयोगवश, हबका बुबा, एरिभन पनि २०१८मा आफ्नो वायोमिङको घरमा निधन भयाे। उनी छोरा बेपत्ता हुनुभन्दा एक महिना अघि निधन भएकाे हाे ।

एजेन्सीकाे सहयाेगमा ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।