‘खल्ती सुरक्षा प्लस’ – ७६० रूपैयाँ मै ५ लाख तिस हजारको बिमाः स्वास्थ्य, दुर्घटना, जीवन बिमा साथै अन्य स्वास्थ्य सुविधा

Apr 19, 2024 05:15 PM Merolagani

‘खल्ती’ले आफ्ना प्रयोगकर्ताहरूको स्वास्थ्य सुरक्षा ध्यानमा राखि मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स सँगको सहकार्यमा ‘खल्ती सुरक्षा प्लस’ नामक स्वास्थ्य सेवा प्याकेज उपलब्ध गराएको छ। 

मात्र ७६० रूपैयाँबाट सुरु हुने यस प्याकेजमा प्रयोगकर्ताले ५ लाख ३० हजार रूपैयाँसम्मको स्वास्थ्य, दुर्घटना, र जीवन बिमा साथै एक लाख ५० हजार रूपैयाँ बराबरको विभिन्न हेल्थ केयर प्याकेज प्राप्त गर्न सक्नेछन् ।

१८ वर्षदेखि ६० वर्षसम्मका प्रयोगकर्ताले ‘खल्ती सुरक्षा प्लस’ को सब्स्क्रिब्सन लिन सक्नेछन्। सब्स्क्रिब्सन लिएका प्रयोगकर्ताहरूले जीवन बिमा स्वरूप २ लाख ५० हजार रूपैयाँ, गम्भिर बिमारीको उपचार खर्च स्वरूप ५० हजार रूपैयाँ र अस्पताल भर्ना,दुर्घटना तथा अन्त्येष्टि खर्च स्वरूप २ लाख ३० हजार रूपैयाँसम्म दाबि गरि कूल ५ लाख ३० हजारसम्मको स्वास्थ्य सुरक्षा प्राप्त गर्न सक्नेछन्।

यस लगायत प्रयोगकर्ताहरूले ‘खल्ती सुरक्षा प्लस’ अन्तर्गत एक लाख ५० हजारको आँखा, कपाल, छाला, सम्बन्धित स्वास्थ्य सेवाहरू को लाभ उठाउन सक्नेछन् ।

यसबारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्,“हालको समयमा बीमा सुबिधा लिनलाई झेल्नुपर्ने आर्थिक भारको चुनौतिका कारण धेरै प्रयोगकर्ताहरू आफ्नो स्वस्थ सुरक्षाबाट बन्चित रहेको अवस्थामा हामीले मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स सँगको सहकार्यमा ‘सुरक्षा प्लस’ नामक बजेट फ्रेन्ड्ली स्वास्थ्य सुविधा प्याकेज उपलब्ध गराएका छौँ। अर्थका कारण आफ्नो स्वस्थ सुरक्षाबाट कोहि पनि बन्चित नहुन् भन्ने उदेश्यकासाथ उपलब्ध गराएको यस प्याकेजमा बार्षिक ७६० रूपैयाँ अन्तर्गत प्रयोगकर्ताहरूले ५,३०,००० रूपैयाँको जीवन बिमा, स्वास्थ्य, दुर्घटना बिमा साथै अन्य स्वास्थ्य सेवाबाट लाभान्वित हनेछन्। साथै बीमा रकम दाबी पनि सहज र सरल तरिकाले छोटो अवधिमै उपलब्ध हुनेछ ।”

यस सेवा पूर्व खल्तीले ‘खल्ती सुरक्षा’ नामक स्वास्थ्य सेवाको सब्स्क्रिब्सन समेत उपलब्ध गराउँदै आईरहेको थियो। बार्षिक ३६० रूपैयाँमा उपलब्ध यस प्याकेजमा भने २.३ लाख रूपैयाँसम्मको स्वास्थ्य र दुर्घटना घटना बीमा साथै १.५ लाख रूपैयाँको विभिन्न हेल्थ केयर फाइदा उपलब्ध छ।

खल्तीमा देशभरिका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख + एजेन्ट, ६० हजार + मर्चेन्ट व्यवसायी, ५५+ बैंक तथा वित्तीय संस्था, १५००+ सहकारी र ३००+ कर्मचारी को परिवारमा रूपान्तरण भएको छ। सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पु¥याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।