इजरायल र इरानबीचकाे द्वन्द्वले दिन प्रतिदिन रेकर्ड कायम गर्दै सुनको मुल्य

Apr 19, 2024 05:51 PM Merolagani

सुनको मुल्यले एकपछि अर्को गर्दे नयाँ रेकर्ड कायम गरेको छ । सुनकाे भाउ अघिल्लाे सातामा जस्तै याे साता पनि उच्च विन्दुमा पुग्याे । साताकाे अन्तिम दिन अर्थात् शुक्रबार हालसम्मकै महंगाे रह्याे । आज सुन प्रतिताेला एक लाख ३९ हजार ३०० रूपैयाँमा काराेबार भइरहेकाे छ ।

अहिले इजरायल र इरानबीचकाे द्वन्द्वले नै सुनकाे भाउ बढ्नुकाे मुख्य कारण रहेकाे छ । हाल भूराजनीतीक तनावका कारण सुनकाे भाउमा अस्थिरता कायम रहेकाे छ । यद्धपि लगानीकर्ताहरूले सुनलाई सुरक्षित लगानीका रूपमा मान्ने गरेका छन्। जसकारण यतिबेला लगानीकर्ताहरूले सुनमाथि नै लगानी थुपारिरहेका छन् । यसले सुनकाे भाउ नयाँ रेकर्डस्तरसम्म पुग्नुलाई थप मद्धत पुगेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकी रिजर्ब बैंकको ब्याजदर कटौती गर्ने नीतिका कारण पनि विश्वभर सुनकाे भाउ बढेकाे हाे । अर्काेतर्फ, चिनले सुनमा बढाएको लगानी लगायतका कारणले सुनको मुल्य उचाइमा पुगेको बिश्लेषकहरुले बताइरहेका छन्।

विश्व बजारमा कस्ताे रह्याे सुनकाे भाउ ?

साताको पहिलो दिन, आइतबारको तुलनमा दोस्रो दिन साेमबार सामान्य मात्र बढेको सुनको मुल्य साताको तेस्रो दिन मंगलबार नयाँ रेकर्ड कायम गर्न सफल भयो । बुधबार स्थिर रहेको मुल्य बिहिबार सामान्य घटेको भए पनि शुक्रबार फेरि उच्च रेकर्डमा पुग्यो । शुक्रबार सुन प्रति हउन्स २ हजार ३७८ डलर बराबरमा खरिदबिक्री भइरहेकाे तथ्यांकले देखाउँछ । चाँदी प्रतिअउन्स २८ डलरमा किनबेच हुँदैछ ।

साताभरमा ताेलामा २,५००ले बढ्याे सुन


विश्व बजारमा रहेकाे सुनकाे भाउले नै नेपाली बजारमा भाउ ताेकिने भएकाले नेपालमा पनि यसकाे प्रभाव स्वत: परेकाे छ । नेपाली बजारमा सुनकाे भाउ दिन प्रतिदिन उच्च हुँदै गएकाे छ ।

नेपालमा यो साता पनि सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताकाे पहिलाे दिन, सुन प्रतिताेला एक लाख ३६ हजार ८०० रूपैयाँमा काराेबार भएकाे थियाे । आइतबारको तुलनामा दोस्रो दिन, साेमबार सामान्य बढेको मुल्यले मंगलबार नयाँ उचाई लियो । साेमबार सुन ताेलाकै एक लाख ३७ हजार ५०० रूपैयाँ र मंगलबार प्रतिताेला एक लाख ३९ हजार २०० रूपैयाँ पुग्याे ।

बुधबार स्थिर रही विहिबार सामान्य घटेको मुल्य शुक्रबार फेरी उच्च रेकर्ड कायम गर्दै प्रतिताेला एक लाख ३९ हजार ३०० रूपैयाँमा कराेबार भयाे । यो मुल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार ताेलामा २ हजार ५०० रुपैयाँले बढी हो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रतिताेला एक हजार ७०० रुपैयाँ रहेको मुल्य अन्तिम दिन शुक्रबार प्रतिताेला एक हजार ४ सय ७२० रूपैयाँ कायम भयो ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।