समग्र आयात घट्दै गर्दा स्मार्ट फोनको आयात बढ्यो, आयात बढ्दा राजस्वमा १६ प्रतिशत वृद्धि

Apr 21, 2024 01:44 PM merolagani

चालु आर्थिक वर्षको ९ महिनामा स्मार्ट फोनको आयात बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको चैतसम्मको आयात निर्यातको विवरणमा स्मार्ट फोनको आयात बढेको देखिएको हो।

विभागका अनुसार चैतसम्म विभिन्न मुलुकबाट १३ लाख ९१ हजार ८४५ थान स्मार्ट फोन आयात भएका छन्। ६१ मुलुकबाट उक्त परिमाणमा स्मार्ट फोन आयात भएको विवरणमा उल्लेख छ। जुन गत वर्षको सोही अवधिको तुलनामा कम हो। गत वर्ष सोही अवधिमा ६८ मुलुकबाट स्मार्ट फोन आयात भएका थिए।

स्मार्ट फोन निर्यातमा सबैभन्दा अघि चीन र भारत रहेका छन्। गएको नौ महिनामा चीनले मात्रै १० लाख थान भन्दा बढी स्मार्ट फोन नेपाल निर्यात गरेको छ। सबैभन्दा बढी स्मार्ट फोन निर्यात गर्ने दोस्रो देश भारत हो। उसले चैतसम्म तीन लाख ७८ हजार थान स्मार्ट फोन निर्यात गरेको छ।  

गएको ९ महिनामा २१ अर्ब ७५ करोड २८ लाख ८० हजार ५९१ रुपैयाँ बराबरको फोन आयात भएका छन्। जुन गत वर्षको सोही अवधिको तुलनामा १६.५४ प्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा १८ अर्ब ६६ करोड रुपैयाँ भन्दा बढीको स्मार्ट फोन आयात भएका थिए।

चालु वर्ष स्मार्ट फोन आयातबाट सरकारले चार अर्ब चार करोड ९९ लाख ८६ हजार ५१५ रुपैयाँ राजस्व प्राप्त गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १६.२४ प्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा स्मार्ट फोन आयात मार्फत सरकारले तीन अर्ब ४८ करोड ३९ लाख ८ हजार ५२५ रुपैयाँ राजस्व प्राप्त गरेको थियो।  

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।