मेरो लगानीले फेरि प्राविधिक विश्लेषण तालिम आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी

Apr 22, 2024 06:26 AM Merolagani

शेयर बजार सम्बन्धि बढ्दो चासो र जिज्ञासालाई मेटाउन सर्वसाधारणकै माग अनुसार मेरो लगानीले पुनः एक दिने प्राविधिक विश्लेषण तालिम आयोजना गर्ने भएको छ।

शेयर बजार बढ्दो क्रममा रहेको अवस्थामा लगानीकर्ताले शेयर बजार सम्बन्धि प्राविधिक ज्ञान लिएर बजारमा अझै धेरै कमाउन सक्छन्। शेयर बजारबाट कमाउन चाहने लगानीकर्तालाई लक्षित गरी उक्त तालिम आयोजना गर्न लागिएको हो।

उक्त तालिम बैशाख १५ गते शनिबार मेरो लगानीको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा हुनेछ। तालिम बिहान ८ बजेदेखि २ बजेसम्म चल्नेछ। उक्त सेसनमा लामो समयदेखिका अनुभवी प्राविधिक विश्लेषक सन्तोषसिंह लिङ्देनले प्राविधिक विश्लेषण सम्बन्धि तालिम दिनेछन् भने शेयर बजारको अवस्थाको विषयमा समेत विस्तृत छलफल हुनेछ।

यसअघि मेरो लगानीले आधा दर्जन बढी एकदिने प्राविधिक विश्लेषणसम्बन्धि तालिम सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

तालिममा शेयर बजारमा लगानी गर्नको लागि प्राविधिक रुपमा कसरी योजना बनाउने  भन्ने विषयमा विस्तृत रुपमा छलफल समेत हुनेछ।

उक्त तालिममा सहभागी हुनको लागि ५ हजार रुपैयाँ शुल्क लाग्नेछ। सो शुल्कमा,सहभागीहरुले एक महिनाको लागि टेक्नीकल न्युजलेटर पनि निःशुल्क प्राप्त गर्न सक्नेछन्। तालिममा सीमित सिट रहेकोले सहभागीता जनाउन शीघ्र रजिष्ट्रर गर्नुपर्नेछ।

तालिममा सहभागी हुनको लागि सर्वसाधारणले https://merolagani.com/webinar.aspx मा गई  रजिष्ट्रर गर्नु पर्नेछ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।