एलन मस्ककी ७६ वर्षिय आमा माेडलिङमा व्यस्त, काे हुन् मेइ ?

Apr 24, 2024 11:32 AM Merolagani

आफ्नो लुक्स र फेसनका कारण चर्चामा रहने एलन मस्ककी आमा मेइ मस्क टेक्सासको टेस्ला गिगाफ्याक्ट्री गएकी थिइन् । मेइले एक्समा एक पोस्ट गर्दै एक फोटो सार्वजनिक गरेकी हुन् । उक्त फाेटाेमा उनी एलन मस्कसँग देखिएकी छिन्।

मेइ मस्कले हालै आफ्नो ७६ औं जन्मदिन मनाएकी छन् । एलन मस्ककी आमा मेइ मस्क मोडल र पाेषणविद् हुन्। उनी प्रायः फिल्म फेस्टिभलमा पनि देखिने गर्छिन् । उनी आफ्नो फेसन र सुन्दर स्टाइलका कारण सामाजिक सञ्जालमा पनि चर्चित छिन् । शनिबार उनले अमेरिकाको टेक्सासस्थित टेस्ला गिजिफ्याक्ट्रीको भ्रमण गरेकी थिइन् ।

सामाजिक सञ्जाल पोस्टमार्फत यसबारे जानकारी दिँदै उनले लेखेकी छिन्, ‘तपाईँहरु शनिबार के गर्दै हुनुहुन्छ ? मैले एलन मस्कसँग टेस्लास्थित गिगाफ्याक्ट्रीको भ्रमण गरेँ। यहाँको लबी धेरै सुन्दर छ।'

सामाजिक सञ्जालमा पोस्ट गरिएको यो तस्बिरमा मेइ निलो डेनिम ज्याकेट र जिन्स लगाएकी देखिन्छिन् । यो ड्रेसमा उनी निकै सुन्दर देखिएकी थिइन् । यसैगरी, एलन मस्क कालो जिन्स, टी-सर्ट र ज्याकेट लगाएको देखिन्छ। उनका फ्यानहरूले पनि कमेन्टमा उनको धेरै प्रशंसा गरेका छन् ।

यी आमाछाेरा एकआपसमा अत्यन्त नजिक छन् । मेइका अनुसार एलन मस्क ३ वर्ष हुँदा नै उनलाई मस्क तिक्ष्ण बुद्धिकाे भएकाे थाहा भएकाे थियाे । 

काे हुन् मेइ मस्क ?

विश्वकै धनाढ्य एलन मस्क ठुला कार्यक्रमहरूमा आमा मेइका साथमा देखिन्छन् । ७५ वर्षकी मेइ वृद्धा भए पनि सुन्दर छिन् । यसका साथै उनी फेसनमा पनि काेहि भन्दा कम छैनन् । उनी माेडलका साथै एक डाइटिसियन र न्यूट्रिसनिस्ट पनि हुन् । उनले स्वास्थ्यका विषयमा कैयाैं पुस्तक पनि लेखेकी छिन् । त्यसमध्येकाे एक पुस्तक एडभेन्चर, साैन्दर्य र सफलतासँग सम्बन्धित पनि रहेकाे छ ।

उनी स्पाेर्ट्स इलेस्ट्रेड स्विमसूट इशू म्यागेजिनकाे कभरमा आउने पहिलाे वृद्धा हुन् । उनकाे व्यक्तित्वका प्रशंषकहरू धेरै नै छन् ।

मेइलाई कसैले पनि महिलाहरूकाे बढ्दाे उमेरका विषयमा टिप्पणी गरेकाे पटक्कै मनपर्दैन र यसकाे विरूद्ध उनी उत्रिने गरेकी छिन् । उनी आफ्ना तस्बिरहरू इन्स्टाग्राम र एक्सकाे अकाउण्टमा पाेष्ट गर्ने गर्छिन् ।

मेइ मस्क १५ वर्षको उमेरदेखि नै मोडलिङ गर्दै आएकी छिन् । उनको जन्म १९४८काे अप्रिल १९मा क्यानडामा भएको थियो । तर बाल्यकालमा नै उनी दक्षिण अफ्रिका पुगिन् ।

भ्यानिटी फेयर म्यागिजिनका अनुसार मेइ १९६० मा मिस साउथ अफ्रिका कन्टेस्टकी फाइनलिस्ट बनेकी थिइन् । उनी आफ्नाे माेडलिङका पुराना तस्बिर पनि शेयर गर्ने गर्छिन् ।

२०२२ काे डिसेम्बरमा मेइले आफ्नाे १९७० दशककाे फाेटाेसुटका तस्बीर पनि शेयर गरेकी छिन् । उनलाई सुरूवाती दिनदेखि नै सेताे कपालमा देखिएकाे छ । विश्वभर उनी घुम्दा उनकाे कपालकाे मानिसहरूले प्रशंसा गर्ने गर्छन् । बढ्दाे उमेरलाई लुकाउन नपर्ने उनकाे भनाइ छ ।

मेइ अहिले फेसनसँग सम्बन्धित कैयाैं ठुला ब्राण्डसँग जाेडिएकी छिन्। जुन सपना उनले १८ वर्षमा देखेकी थिइन् त्याे ७० वर्षमा पुरा भएकाे उनले बताइन् ।

एलन मस्कका पितासँग डिभाेर्ष, कारण घरेलु हिंसा

एलन मस्कका पिता एरलसँग मेइकाे सन् १९७० मा विवाह भएकाे थियाे । उनीहरूकाे १९७९मा सम्बन्धविच्छेद भएकाे थियाे । उनीहरूकाे विवाह केवल ९ वर्ष मात्र चलेकाे थियाे । यी दुइका तीन सन्तान रहेका छन् । उनीहरूले दक्षिण अफ्रिका र क्यानडामा बच्चाहरू हुर्काएका थिए ।

उनका छाेरा एलनबाहेक अर्का छाेरा किम्बल र छाेरी टाेस्का पनि छन् । उनीहरू सबै दक्षिण अफ्रिकामा हुर्केका थिए । 

मस्कले कैयाैं पटक आफ्ना पिताका विरूद्ध बाेलेका थिए । एरलले सम्बन्धका दाैरानमा धेरै हिंस्रक रहेकाे मेइले बताएकी थिइन् । सार्वजनिक स्थानमा नै मेइसँग उनले दुर्व्यवहार गर्ने गरेकाे पनि उनले बताइन् । तर साे समयमा उनी बाेल्न डराउँथिइन् ।

२०१९मा हार्पर बजारमा म्यागजिनलाई अन्तर्वाता दिँदै भनेकी थिइन्, 'उनले मलाई पटकपटक मूर्ख, कुरूप र बाेरिङ भन्ने गर्थे ।' उनले थपिन्,'उनी धनी थिए तर मसँग केहि नहाेस् भनेर सुनिश्चित गर्दथ्ये । बच्चाहरू मसँग रहँदा विदामा मात्र भेट्ने गर्दथे।'

डिभाेर्षपछि उनी बच्चाहरू लिएर क्यानडा आइन् । मेइले २०२२मा भनेकी थिइन्, 'साे समयमा म अत्यन्त पिडामा थिएँ । बच्चाहरूकाे पेट भर्न नसक्दा तनावमा थिएँ ।' तर एरलले भने यी सबै आराेपकाे खण्डन गरेका छन् । उनले मेइमाथि आफूले कुनै पनि किसिमकाे शारिरिक वा भावनात्मक हिंसा नगरेकाे दाबी गरेका छन् ।

एजेन्सीकाे सहयाेगमा ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।