विदा नदिने अडानका कारण २ जनाकाे ज्यान गएपछि.....

Apr 22, 2024 05:54 PM Merolagani

विदा माग्दा नदिएका कारण भारतमा दुई जनाको मृत्यु भएकाे छ । समस्यामा रहेकाे भन्दै विदा मागे पनि विदा नपाएकाले २ जनाले ज्यान गुमाएपछि याे विषयले भारत तताएकाे छ ।

उत्तर प्रदेशस्थित २०१८ ब्याचका प्रहरी हवल्दार विकास निर्मल दिवाकर जलौन रामपुरा पुलिस स्टेशनमा कार्यरत थिए।

करिब एक सातादेखि उनले आफ्नी गर्भवती श्रीमतीको सुत्केरी हुन लागेकाे भन्दै बिदा दिन पटक पटक आग्रह गरेका थिए । तर एसएचओले हवल्दारलाई बिदा दिएनन् । जसका कारण हवल्दारकी श्रीमतीले समयमै उचित उपचार नपाएपछि नवजात शिशुसहित उनकाे मृत्यु भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । बिदा नदिने एसएचओको अडानका कारण नै दुई जनाको मृत्यु भएपछि यो प्रश्न उठिरहेको हाे ।

यसपछि अहिले बल्ल प्रहरी जवानलाई ३० दिन बिदा दिइएको छ । जसपश्चात परिवारका सदस्यहरूले मुख्यमन्त्री, उत्तर प्रदेश प्रहरी र एसपी जलौनको पोर्टलमा गुनासो गरेका छन्।

खासमा भएकाे के थियाे ?

हवल्दार विकास निर्मल मैनपुरीको कुरावली थाना बेलाहारका निवासी हुन्। उनले आफ्नी श्रीमती ज्योति सुत्केरी हुन लागेको बताएका थिए । जसका लागि उनले धेरै दिनदेखि थाना इन्चार्ज अर्जुन सिंहसँग बिदा मागिरहेका थिए तर निर्वाचनको कारणले उनकाे बिदा स्वीकृत भएन ।

शुक्रबार श्रीमतीलाई प्रसव पिडाले सताउन थालेपछि विकासका परिवारले ज्याेतिलाई मैनपुरीको कुरवली प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरेका थिए । उनले शनिबार छोरीलाई जन्म दिएकी थिइन् । सुत्केरी भएपछि उनको स्वास्थ्य अवस्था बिग्रिन थाल्याे । स्वास्थ्य बिग्रदै गएपछि उनलाई जिल्ला अस्पताल र त्यहाँबाट आगरा रिफर गरिएको थियो । तर आगरा लैजाँदै गर्दा आमा र बच्चाको मृत्यु भएको थियाे । दुवैको आइतबार अन्तिम संस्कार गरिएको थियाे।

राम्रो अस्पताल लगिएन

श्रीमतीलाई समयमै राम्रो अस्पताल पुर्‍याउन नसक्दा दुवैको मृत्यु भएको हवल्दारको आरोप छ । प्रहरी जवानले स्टेसन इन्चार्जसँग बिदा मागेको भएपनि उनलाई यसअघि २५ दिन बिदा दिइएको थियो । यद्धपी यस्ताे अवस्थामा आवश्यक परेको खण्डमा बिदा दिइनुपर्थ्यो ।

प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा स्टेशन इन्चार्जले बिदा दिनमा लापरवाही गरेको खुलेको छ । हवल्दारले ३० दिनको ईएल (अर्जित बिदा) माग्दै निवेदन दिएका थिए तर प्रहरी चौकी इन्चार्जले त्यसलाई अस्वीकार गरेका थिए । प्रहरी जवानले १५ दिनको कमाई बिदा (ईएल) लिएका थिए अझ १५ दिन बाँकी थियाे।

प्रहरी चौकी इन्चार्ज अर्जुन सिंहले गल्ती गरेकाे र हवल्दारलाई बिदा दिनुपर्ने भन्दै उनीमाथि विभागीय कारबाही हुने बताइएकाे छ । उनको पत्र उच्च अधिकारीको ध्यानमा नपुग्नु नै स्टेसन इन्चार्जको गल्ती रहेकाे भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । 

एजेन्सी ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।