प्रत्यक्ष नियमन भित्र रहेका कम्पनीको शेयर मूल्यमा दवाव, किन भयो यस्तो ?

Apr 24, 2024 01:53 PM Merolagani

विगत लामो समयदेखि नेप्से सूचक निरन्तर रुपमा घटेको छ । नेप्सेमा सूचिकृत भएका कम्पनीहरु मध्ये प्रत्यक्ष नियमनमा रहेका वाणिज्य बैंक तथा वित्तीय संस्थाहरु र बीमा कम्पनीहरु सर्वाधिक घटेको हो ।

नेप्से सूचक हालसम्मकै उच्च विन्दुबाट हालसम्म आईपुग्दा अंधिकांश कम्पनीको शेयर मूल्य बढ्न सकिरहेको छैन । यद्यपि प्रत्यक्ष नियमनमा रहेका कम्पनीहरुको मूल्यमा थप दवाव परेको देखिएको हो । यो अवस्थामा नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नियमानमा र रहेका बैंक तथा वित्तीय संस्था र बीमा प्राधिकरणको प्रत्यक्ष नियमनमा रहेका कम्पनीको शेयर मुल्यमा दवाव परेको देखिन्छ ।

यस अवधिमा वाणिज्य बैंक समूहको सूचक सबैभन्दा धेरै ५०.७८ प्रतिशतले घटेको छ। केन्द्रिय बैंकको नियमन भित्र नै रहेका विकास बैंक ३८.०५  प्रतिशत, फाइनान्स ३७.९३ प्रतिशत र माईक्रोफाइनान्स समूह ३३.०७ प्रतिशतले घटेर बन्द भएको छ । त्यसैगरी, बीमा प्राधिकरणको नियन्त्रणमा रहेको जिवन बीमा समूह ४३.३५ प्रतिशत, निर्जीवन बीमा समूह २८.१६ प्रतिशतले घटेको देखिन्छ ।

लगानीकर्ताहरुमा चर्चामा रहेको हाईड्रोपार समूह पनि पछिल्लो समय सुस्ताउन थालेको तथ्यांकले देखाएको छ । यस अवधिमा उच्च विन्दुबाट हाईड्रोपार समूह ३७.१६ प्रतिशतले घटेको देखिन्छ । समग्र उपलब्ध तथ्यांकलाई हेर्दा प्रत्याक्ष निगरानीमा रहेका समूहको सूचकमा धेरै दवाव परेको देखिएको हो ।

 

किन भएको छ यस्तो ?

शेयर बजार निरन्तर रुपमा झरेको बजारमा प्रत्यक्ष नियमन भित्र रहेका कम्पनीहरु शेयर बजारमा उपेक्षामा परेको छ । लगानीकर्ताले बैंक तथा बीमा कम्पनीको शेयरमा लगानी गर्न रुचाईराखेका छैनन ।

सामान्यतया बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंकको बलियो नियमन भित्र रहेका छन् । नेप्सेमा सबै भन्दा दवावमा रहेका कम्पनी यिनै हुन । हाल प्रत्यक्ष नियमन भित्र रहेका कम्पनीको पुँजी बढी भएकै कारण चल्न नसकेको शेयर बजारका वरिष्ठ लगानीकर्ता छोटेलाल रौनियारले बताए ।

बजारमा बैंक तथा वित्तीय संस्थाको सप्लाई थेग्न सक्ने पुँजी बजारमा छैन । सरकारले लिएको विभिन्न नीतिकै कारण बजारमा पैसा भित्रन सकिरहेको छैन । बैंक तथा वित्तीय संस्थामा भने पैसा थुप्रेकाे महिनाै भइसक्याे । कर्जाको माग आउन सकिरहेको छैन । शेयर बजारमा निर्वाध लगानी आउन केन्द्रीय बै‌ंककाे नीति बाधक बनिरहेकाे छ। यसले गर्दा शेयर बजारको मात्र नभएर बैंक तथा वित्तीय संस्थाको व्यापार विस्तारमा समेत प्रभाव पारेको रौनियारको बुझाई छ ।

बैंक तथा वित्तीय संस्थामा मर्जर बोनस वितरणकै कारण पूँजी वृद्धि भएको छ । बजारमा भएको सप्लाई थेग्न सक्ने संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने हुन्छ । अहिले नेपालमा संस्थागत लगानीकर्ता निरुत्साहित छन । नियामकले पनि जसरी हुन्छ पूँजी वृद्धिको नीति लिएकाे छ । बैंक तथा वित्तीय संस्थासँगै बीमा प्राधिकरणले पनि पुँजी वृद्धिको नितिलाई नै अवलम्वन गरेको छ । यसले पनि नियमन भित्र रहेका कम्पनीको शेयर मूल्य बढ्न नसकेको रौनियारको भनाई छ ।

शेयर बजारका लगानिकर्ताले आधारभुत रुपमा बलिया कम्पनी भन्दा कम पूँजी भएका कम्पनीको खोजी गर्दै लगानी गर्ने रणनीति समाएका छन । यस्तो अवस्थामा हाईड्रोपावर कम्पनीहरुले पनि हकप्रद जारी गर्दै पूँजी वृद्धि गर्दा उक्त समूह समेत दवावमा परेको लगानीकर्ताहरुको बुझाई छ ।

कुनै पनि नियामकको नियन्त्रणमा हुँदा कम्पनीहरुको निर्णयमा समेत नियन्त्रण हुने गरेकाे छ । कम्पनीले स्वतन्त्रण रुपमा व्यवसाय विस्तार, लगानीकर्ताको लागि लाभांश वितरणदेखि विविध नीतिगत दायरा भित्र रहेर निर्णय गर्नुपर्ने हुन्छ त्यसैले यस्ता कम्पनीको मूल्यमा प्रभाव धेरै परेको हुनसक्ने लगानीकर्ताहरु बताउँछन् ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।