आजभन्दा २९ वर्षअघि कम्पनीका संस्थापक दिलीप अग्रवालले अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट वर्ल्डलिंकको यात्रा सुरु भएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त गरी सेवा विस्तारमा लागेको कम्पनीले वि.सं. २०७४ सालको जेठमा एक लाख ग्राहकलाई इन्टरनेट कनेक्सन उपलब्ध गराउन सफल भएको थियो । त्यसको एक वर्षपछि अर्थात् २०७५ साल जेठसम्म आइपुग्दा कम्पनीका ग्राहक दुई लाख नाघेका थिए भने सोही वर्षको माघ महिनामा अर्को आँकडा पार गर्दै कम्पनीले तीन लाख ग्राहकलाई आफ्नो नेटवर्कमा जोड्न सफल भएको थियो ।
यसरी निरन्तर रूपमा सेवा विस्तारसँगै ग्राहकलाई सेवा उपलब्ध गराउने क्रममा कम्पनीले वि।सं २०८० भदौ महिनामा आठ लाख र त्यसको एक वर्ष नपुग्दै वर्ल्डलिङ्कले अर्को नयाँ उचाई छोएको हो । यसरी कम्पनीले पछिल्लो नौ महिनाको अवधिमा थप एक लाख ग्राहक बढाएको हो ।
‘‘नौ लाख घरधुरीको कोसेढुंगा पार गर्नु भनेको वर्ल्डलिंकको सेवा प्रति ग्राहकहरूले देखाउनु भएको विश्वासको प्रमाण हो,’’ ग्राहकहरू प्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीका सीईओ केशव नेपालले भनेका छन्, ‘यो कोसेढुंगा हाम्रो सेवामा ग्राहकले देखाएको विश्वासको प्रमाण हो । हामी हाम्रा ग्राहकहरूलाई थप प्रभवकारी र गुणस्तरीय सेवा उपलब्ध गराउनका लागि हाम्रो सेवा र क्षमतालाई थप विस्तार गर्न प्रतिबद्ध छौं ।“
घरायसी, साना तथा मझौला व्यवसाय तथा कर्पोरेट गरी विभिन्न प्याकेजमा ग्राहकको आवश्यक्ता अनुसार सहुलियत दरमा कम्पनीले गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ ।
दुई वर्ष अघि वर्ल्डलिङ्कले ठूलो विदेशी लगानी भित्र्याउन सफल भएको थियो । जुन नेपालको इन्टरनेट सेवा प्रदायक मध्येको पहिलो र एक मात्र कम्पनी हो ।
आजका दिनमा वर्ल्डलिंक देशको सबैभन्दा ठुलो रोजगारदताको रूपमा समेत स्थापित भइसकेको छ । हाल वर्ल्डलिंकमा ५३ सय भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् । कुल १३० शाखा मार्फत कम्पनीले देशका सातै प्रदेशका ७३ जिल्लामा इन्टरनेट उपलब्ध गराइरहेको छ । बाँकी रहेका ४ जिल्लामा समेत चाँडै नै आफ्नो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार हाल कम्पनीले नेपालको कूल इन्टरनेट बजारको ३५ प्रतिशत बजार हिस्सा ओगट्ने गरेको छ भने हाल देशको कूल इन्टरनेट ट्राफिक मध्ये ४० प्रतिशत वर्ल्डलिंकमार्फत नै प्रवाह हुने गरेको छ । कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत फ्री वाईफाई समेत उपलब्ध गराइरहेको छ ।