नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

Apr 24, 2024 02:23 PM Merolagani

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.(NLICL)ले आफ्ना अभिकर्ताहरुलाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० असोज र कार्तिक महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत साे भ्रमण गराइएकाे हाे । 

देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा गर्न सफल २०० जना भन्दा बढी अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र मुस्ताङको मनोरम दृष्यहरु अवलोकन गराउने र त्यहाँ अवस्थित नेपालको मुख्य तिर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गराउने उद्धेश्यले भ्रमण कार्यक्रम आयोजना गरिएको हो ।

कम्पनीका एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले भ्रमण कार्यक्रमबाट देशको आन्तरिक पर्यटन प्रवद्र्धन हुनुका साथै विभिन्न क्षेत्रमा कार्यरत अभिकर्ताहरु बिच एक आपसमा अन्तरक्रिया भइ अभिकर्ता समूहको दक्षता अभिवृद्धिमा प्रत्यक्ष लाभ पुग्न जाने भएकोले कम्पनीले यस प्रकारको योजना ल्याएको र अभिकर्ताहरुको उत्साहजनक उपस्थितिले योजना अत्यन्तै सफल भएको बताए ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।