आईपीएल भनेकाे ‘इन्सुरेन्स प्रिमियर लिग’ हाे ? इन्सुरेन्स कम्पनीका अगाडि आयोजक, रेफ्री र खेलाडीहरु निरीह

Apr 24, 2024 05:57 PM Merolagani

भारतमा अहिले लोकसभा चुनाव शुरु भएको छ । सात चरणमा हुने चुनावको लागि पहिलो चरणको मतदान भैसकेको छ भने अरु चरणका लागि राजनीतिक पार्टीहरु र्याली, सभासहितका विभिन्न कार्यक्रमहरुसहित प्रचारप्रसारमा व्यस्त छन् ।

तर,राजनीतिक कार्यक्रमहरुमा भन्दा पनि धेरै भिडभाड र आकर्षणको केन्द्र बनिरहेको छ,अहिले चलिरहेको ‘इन्सुरेन्स प्रिमियर लिग’ अर्थात आइपियल ।

खासमा आईपीएलको पुरा रुप ‘इण्डियन प्रिमियर लिग’ हो । तर,इन्सुरेन्स कम्पनीहरुको भूमिका र दबाबका कारण भारतीय क्रिकेटका धुरन्धरहरु यसपटकदेखि आईपीएल इण्डियन प्रिमियर लिग होइन कि इन्सुरेन्स प्रिमियर लिगमा परिणत भैरहेको बताइरहेका छन् । स्थिति यस्तो बनेको छ कि इन्सुरेन्स कम्पनीहरुले जे भन्यो त्यो स्वीकार गर्न इण्डियन क्रिकेट काउन्सिल, क्रिकेट क्लवहरु, कोच, रेफ्री, खेलाडी सबै वाध्य छन् । उनीहरु इन्सुरेन्स कम्पनीहरुको इशारामा नाच्न वाध्य छन् ।

उदाहरणको लागि गत सोमबार राति भएको राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबिच खेलिएको खेललाई लिन सकिन्छ । त्यो खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा १७९ रन बनायो । जवाफी ब्याटिङ शुरु गरेको राजस्थानले ६ ओभर ब्याटिङ गर्दा पानी पर्न शुरु भयो । १५,२० मिनटसम्म पानी परेपछि आयोजक र रेफ्रीहरुले डकवर्थ लेविस नियम (डिएलएस) नियमद्धारा खेल खेलाउने र राजस्थानलाई निश्चित ओभर घटाएर निश्चित लक्ष्य दिने तयारी गरे । तर, त्यही बिचमा कम्पनी एलायन्स इश्योरेन्स ब्रोकर्सले हस्तक्षेप गर्यो र कम्पनीका प्रतिनिधिहरुले एक, दुई घण्टा कुरेरै भए पनि पुरै २० ओभरको खेल खेलाउनु पर्ने अडान लिए । परिणाम रेफ्री र आयोजकहरु पछि हट्न वाध्य भए, इन्सुरेन्स कम्पनीहरुले भने अनुसार नै पुरै अवधिको खेल खेलाए ।
यदि वर्षा नरोकिएको भए ठुलो आर्थिक नोक्सानी ब्यहोर्नु पर्ने थियो ।

अहिले जारी रहेको आईपीएलको १७औँ संस्करणका लागि आयोजकले कम्पनी एलायन्स इश्योरेन्स ब्रोकर्ससंग १० हजार करोड भारतीय रुपैयाँको बीमा गरेको छ । र, संभवतः यो भारतमा मात्रै होइन विश्वकै कुनै पनि खेलकुद प्रतियोगितामा गरिएको ठूलो बीमा हो । खेलका क्रममा खेलाडी घाइते भए, कुनै दुर्घटना भए वा वर्षात वा अन्य कुनै कारण खेल रद्द भएमा त्यसको जोखिम बीमा कम्पनीले नै बहन गर्नेछ ।

त्यो अवस्थामा बीमा कम्पनीलाई सोझै घाटा पर्न सक्छ । त्यो कुरा बुझेर कम्पनी कुनै हालतमा खेल नरोक्ने पक्षमा देखिदैं आएको छ । त्यसको लागि आवश्यक पर्ने हरेक हतकण्डा अपनाउन कम्पनी तयार देखिन्छ । राजस्थान रोयल्स र मुम्बई इण्डियन्स बीचको खेलमा कम्पनीले दिएको दवावले त्यही कुरा पुष्टि गरेको छ ।

आयोजकहरुका अनुसार आईपीएलको एक खेल आयोजना गर्न १ अर्व २५ करोड भारतीय रुपैयाँसम्म खर्च हुने गरेको छ । आइपियल २०२४ मा जम्मा जम्मी ७४ वटा खेल खेलाइदैंछ । त्यो हिसाबले आइपिएलको यो सिजनको लागि मात्रै करिब ९२ अर्व भारतीय रुपैंया (नेपाली रुपैंया १ खर्ब ४७ अर्व भन्दा धेरै) खर्च गरिदैंछ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।