झण्डै २ अर्ब रुपैयाँ मुद्दति निक्षेपमा राख्न बैंक खोज्दै केन्द्रिय बैंक

Apr 24, 2024 04:54 PM Merolagani

नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको करिब २ अर्ब रुपैयाँ वाणिज्य बैंक,विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ५५ करोड ५७ लाख,विकास बैंकहरुमा २९ करोड १६ लाख र फाइनान्स कम्पनीहरुमा ९ करोड ७२ लाख गरी कुल १ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो।

केन्द्रीय बैंकले उक्त निक्षेप २०८१ जेठ ३ गतेदेखि २०८२ जेठ २ गतेसम्म ३६६ दिन अवधिको लागि राख्न लागेको हो।

उक्त निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले बैशाख १६ गतेसम्ममा ब्याजदर प्रस्ताव पेश गरिसक्नुपर्ने छ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने छ।

त्यसैगरी,निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने,कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने,शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने,समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु तोकिएको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।