क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरद्वारा पद तथा गोपनियताको शपथग्रहण

Apr 24, 2024 05:50 PM Merolagani

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड(CREST)का अध्यक्ष ऋषिराज मोरले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।  नेपाल बीमा प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष मोरले शपथ ग्रहण गरेका हुन् ।

प्रथम वार्षिक साधारण सभाले संस्थापक समुहको तर्फबाट निर्विरोध रुपमा ऋषिराज मोरलाइ अध्यक्षमा निर्वाचित गरेकाे थियाे। २०८० चैत १९ गते सम्पन्न भएकाे कम्पनीको संचालक समितिको बैठकले कम्पनीको संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो । 

शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्रधिकरणका पदाधिकारीहरु लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी. समेत उपस्थित रहेकाे थियाे।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।