सरकारी कामकाजमा तीनवटा भाषा प्रयाेग हुने दिन बाग्मति प्रदेशमा बिदा दिइने

Apr 24, 2024 06:20 PM Merolagani

अब बागमती प्रदेशका सरकारी कार्यालयहरूले तीनवटा भाषामा साइन बोर्ड अनिवार्य रूपमा लेख्नुपर्ने भएको छ । नेपाली भाषा,तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्डहरू राख्नुपर्ने प्रदेश मन्त्रिपरिषद्को बैठकले आज निर्णय गरेकाे हाे ।

आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार बुधबारकाे बैठकले वैशाख २४ मा सरकारी कामकाजको भाषा सुरूवात गर्ने निर्णय गरेको हाे ।

काठमाडौंस्थित वसन्तपुरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी कामकाजको भाषा सुरूवात गर्दैछन् । जसकारण बागमती प्रदेशमा २४ गते सार्वजनिक बिदा दिइने भएकाे छ ।

त्यसपछि भने प्रदेशभरका सरकारी कार्यालयको साइन बोर्डमा नेपाली भाषा,तामाङ भाषा र नेपाल भाषाकाे अनिवार्य प्रयोग गर्नुपर्नेछ ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।