रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा बढ्यो, प्रतिशेयर आम्दानी भने घट्यो

May 07, 2024 02:27 PM Merolagani

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (RNLI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा इन्स्योरेन्सले ३४ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.०९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २८ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

इन्स्योरेन्सको खुद बीमाशुल्क र कुल आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ३.४२ प्रतिशत र कुल आम्दानी १३.२९ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी समीक्षा अवधिमा १८.५७ प्रतिशत बढेको छ भने कुल खर्च १२.७४ प्रतिशत बढेको छ।

नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ३ रुपैयाँ ८३ पैसा घटेर ९ रुपैयाँ ७८ पैसामा झरेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४४.४४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ७४ पैसा रहेको छ।

४ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा १ अर्ब ७५ करोड रुपैयाँ, महाविपत्ती कोषमा १५ करोड ४६ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६६ करोड ४६ लाख रुपैयाँ र अन्य इक्विटीमा १ करोड ६८ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।