किन फेर्न खोज्यो एच एण्ड बी बिकास बैंकले नाम र लोगो ?

Jan 14, 2015 Mero Lagani



 

गुड फर पेमेन्ट चेक काण्डमा परी राष्ट्र बैंकको कारबाही भोगेर तंग्रिदै गरेको एच एण्ड बी बिकास बैंक(HBDL)ले आगामी माघ २८ गते नबौ बार्षिक साधारणसभा गर्ने भएको छ । 

काठमाडौको ज्ञानेश्वरमा हुने साधारणसभामा लगानीकर्तालाई लाभांशको कुनै प्रस्ताव लगिने छैन, बरु मर्ज वा एक्विजिशनमा जान उपयुक्त साझेदार खोज्ने र सो सम्बन्धी प्रक्रिया अगाडि बढाउने प्रस्ताव लगिने भएको छ । 

 

 मर्जमा जानु भन्दा पहिले बैंकले आफ्नो नाम र लोगो परिवर्तन गर्ने भएको छ । गुड फर पेमेन्ट चेक प्रकरणपछि बैंकको छवीमा असर परेकाले नाम र लोगो परिवर्तनको प्रस्ताव गरिएको बुझिएको छ ।

केही समयअघि राष्ट्र बैंकबाट खटिएको ब्यवस्थापन समितिले बैंककै संस्थापकहरुलाई जिम्मेवारी हस्तान्तरण गरेर अन्तरिम ब्यवस्थापन समिति गठन गरिए पछि साधारणसभाको मिति तय गरिएको हो । राष्ट्र बैंकले सो बैंकको अवस्थामा संतोषजनक सुधार भएको भन्दै ब्यवस्थापन हस्तान्तरण गरेको थियो ।

 

 

झण्डै १ अर्ब रकम बराबरको गुड फर पेमेन्ट चेक काण्डमा कुलेश्वर शाखाका निरज नेपाल मार्फत भएको घोटालामा संलग्न भएको आरोपमा तत्कालीन प्रमुख कार्यकारी र संचालक समितिलाई राष्ट्र बैंकले बर्खास्त गरेको थियो ।

 

९० करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष अझै ऋणात्मक छ भने बैंकले गुड फर पेमेन्ट काण्डबाट पार पाउन आबश्यक रकमको जोहो गरिसकेको छ । 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।