सिटिजन्स बैंकले बढायो दोस्रो त्रैमासमा खुद नाफा, कमाईको आधारबारे के भन्छन् प्रमुख कार्यकारी ?

Jan 19, 2015 Mero Lagani



सिटिजन्स बैंक ईन्टरनेशनलले CZBIL यस आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा बढाएर २८ करोड पुर्याएको छ । बैंकले पहिलो त्रैमासमा ११ करोड मात्र खुद नाफा गरेकोमा दोस्रो त्रैमासमा एक सय ५३ प्रतिशतले बढाएर २७ करोड ९८ लाख रुपैयाँ पुर्याएको हो ।


बैंकले निस्क्रिय कर्जालाई २.३५ बाट २.०१ प्रतिशतमा झारेर ७ करोड रुपैयाँ जोखिम ब्यहोर्ने कोषबाट नाफामा सारेको छ भने १९ करोड रुपैयाँ जोखिम ब्यहोर्ने कोषमा राखेको छ । बैंकको प्रगति झल्काउने निक्षेप र कर्जा परिचालन खासै बढेको छैन भने कर्मचारी खर्च १०३ र संचालन खर्च १०१ प्रतिशतले बढेको छ । यस्तो अबस्थामा बैंकले शुल्क, कमिशन र विदेशी मुद्राको कारोबारबाट गरेको आम्दानी नै नाफाको आधार रहेको देखिएको छ ।

बैंकका प्रमुख कार्यकारी राजन सिंह भण्डारीले बैंकको निक्षेप र कर्जा विस्तारमा खासै प्रगति गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो– निक्षेप र कर्जा विस्तारमा खासै धेरै प्रगति गर्न सकिएन । हाम्रो खुद संचालन नाफा पहिलो त्रैमासमा २६ करोड थियो भने दोस्रो त्रैमासमा ५३ करोड ९८ लाख रुपैयाँ छ । त्यसैगरी संचालन र कर्मचारी खर्च पनि बढेका छन् । आगामी त्रैमासमा अरु राम्रो गर्ने सोचमा छौ ।

बैंकको चुक्ता पूँजी २ अर्ब ३७ करोड रहेको अबस्थामा बैंकले यस आर्थिक बर्षमा ६० करोड रुपैयाँ खुद नाफा गर्नसक्ने आँकलन गरिएको भण्डारीले बताउनुभयो ।
बैंकको प्रति शेयर आम्दानी बार्षिकीकरण गर्दा २३.५२ रुपैयाँ पुगेको छ र लगानीकर्ताले गत बर्षकै हाराहारीमा प्रतिफलको आश गर्नु स्वभाविक हुने प्रमुख कार्यकारी भण्डारीले बताउनुभयो । सो बैंकले गत बर्ष १३ प्रतिशत बोनस शेयरसहित १९ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंक CZBIL मा २३.८७ प्रतिशत तरलता रहेकोले लगानी बढाई आम्दानी गर्नसक्ने र निस्क्रिय कर्जा अरु घटाउनसक्ने संभावना भने निकै छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।