ब्याज आम्दानी ३० र संचालन नाफा ४१ प्रतिशतले बढोत्तरी गरी बैंकले खुद नाफा ११ करोड कमाएको हो । बैंकले कर्मचारी र संचालन खर्च नियन्त्रण गर्ने प्रयास गरेको देखिन्छ ।
कैलास बैंकले निस्क्रिय कर्जा घटाएको छ भने जगेडा कोषमा ४१ प्रतिशतले रकम थप गरेको छ । बैंकको निक्षेप र कर्जा बृद्दि दर लगभग समान देखिएको छ ।

त्यसैगरी कन्ट्री बिकास बैंक(CNDBL)ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा गत बर्षको सोही अवधिको तुलनामा खुद नाफा ३ सय ८१ प्रतिशतले बढाएर १ करोड नघाएको छ । सो बैंकले गत आर्थिक बर्षको दोस्रो त्रैमासमा २२ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
बैंकको ब्याज आम्दानी ५० र संचालन नाफा १३४५ प्रतिशतले बढेको छ । बैंकले ४ प्रतिशत मात्र निक्षेप बढाउन सके पनि कर्जा भने १२ प्रतिशतले बढाएको छ । कर्मचारी र संचालन खर्च नियन्त्रण गर्नुका साथै निस्क्रिय कर्जालाई ५० प्रतिशत भन्दा बढीले कम गर्न बैंक सफल भएको छ ।
त्यस्तै काठमाडौ फाईनान्स(KFL)ले खुद नाफा ३२० प्रतिशतले बढाउन सफल भएको छ । फाईनान्सको ब्याज आम्दानी ४५ र संचालन नाफा १८८ प्रतिशतले बढेको छ ।
एभरेष्ट फाईनान्स(EFL)को भने ११३ प्रतिशतले खुद नाफा बृद्दि गरेको छ । फाईनान्सले गत आर्थिक बर्षको दोस्रो त्रैमासमा ३० लाख खुद नाफा गरेकोमा यस बर्षको सोही अवधिमा ६४ लाख खुद नाफा कमाएको छ ।