मेगा बैंकले लिने भयो पश्चिमाञ्चल बिकास बैंक

Jan 29, 2015 Mero Lagani

 

राम्रो बैंक खोजेर मर्जको तरखरमा रहेको मेगा बैंकले पश्चिमाञ्चल बिकास बैंकलाई आफुमा गाभ्ने निश्चित भएको छ । दुबै कम्पनीबीच मर्जको सम्झौता भएकाले शेयर कारोबार बिहीबारदेखि रोक्का भएको छ ।

मेगाको स्वाप रेसियो १०४.२५ र पश्चिमाञ्चलको ६७ प्रतिशत कायम हुने सम्झौता भएको छ । 

 

मेगा बैंकको दुइृ अर्ब ६१ करोड र पश्चिमाञ्चल बिकास बैंकको ३५ करोड चुक्ता पूँजी रहेको छ । पश्चिमाञ्चलको १४ वटा शाखा छन् ।

मेगा बैंकका प्रमुख कार्यकारी अनिल केशरी शाहले आफ्नो बैंक नौलो खालको मर्जको तयारीमा रहेको बताउँदै आएका थिए ।

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।