
सुधारको स्पष्ट संकेत गर्दै ५४ करोड खुद नाफासहितको बित्तीय बिबरण प्रकाशित गरेको प्रभु बैंकले कारोबारमा सबैलाई पछार्यो भने ३५ प्रतिशत खुद नाफा गरेको सिद्दार्थ बैंकको शेयर मूल्य सात प्रतिशत भन्दा बढीले बढ्यो । गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा खुद नाफा घटेको बित्तीय बिबरण प्रकाशित गरे पनि एनआईसी एशिया बैंकको शेयर मूल्य पनि सकारात्मक रह्यो । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा नाफामा गएको बित्तीय विवरण प्रकाशित गरेको यति बिकास बैंकको शेयर मूल्य झण्ड तीन प्रतिशतले बढेको छ ।
मूल्य घट्ने कम्पनीहरुमा बिकास बैंक र फाईनान्सहरु नै अगाडि देखिए ।
समग्र रुपमा नेप्से ४.७८ अंकले बढेर ९९१ नाघ्दा कारोबार रकम ३५ करोड ७२ लाख भएको छ । दैनिक कारोबार रकममा समेत बढोत्तरी हुनुले शेयर बजार सकारात्मक दिशातिर उन्मुख मान्न सकिन्छ ।