शेयर बजारमा यस्तो पर्यो कम्पनीको खुद नाफा बृद्दिको असर

Feb 01, 2015 Mero Lagani



नेपाल स्टक एक्सचेन्जमा साताको पहिलो दिन आईतबार भएको शेयर कारोबार कम्पनीहरुको खुद नाफा बृद्दिबाट केही प्रभावित भएको देखिएको छ । केही बिकास बैंक र फाईनान्सहरुको संभावित मर्ज वा एक्विजशिनको  आशामा शेयर मूल्य बढे पनि गत शुक्रबार र आईतबार त्रैमासिक बित्तीय विवरण प्रकाशित गरेका ठूला बैंक र बिकास बैंकहरुको शेयर मूल्य र कारोबार विवेचनायोग्य रहे ।

 

सुधारको स्पष्ट संकेत गर्दै ५४ करोड खुद नाफासहितको बित्तीय बिबरण प्रकाशित गरेको प्रभु बैंकले कारोबारमा सबैलाई पछार्यो भने ३५ प्रतिशत खुद नाफा गरेको सिद्दार्थ बैंकको शेयर मूल्य सात प्रतिशत भन्दा बढीले बढ्यो । गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा खुद नाफा घटेको बित्तीय बिबरण प्रकाशित गरे पनि एनआईसी एशिया बैंकको शेयर मूल्य पनि सकारात्मक रह्यो । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा नाफामा गएको बित्तीय विवरण प्रकाशित गरेको यति बिकास बैंकको शेयर मूल्य झण्ड तीन प्रतिशतले बढेको छ ।
मूल्य घट्ने कम्पनीहरुमा बिकास बैंक र फाईनान्सहरु नै अगाडि देखिए ।


समग्र रुपमा नेप्से ४.७८ अंकले बढेर ९९१ नाघ्दा कारोबार रकम ३५ करोड ७२ लाख भएको छ ।  दैनिक कारोबार रकममा समेत बढोत्तरी हुनुले शेयर बजार  सकारात्मक दिशातिर उन्मुख मान्न सकिन्छ ।

 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।