शिखर ईन्स्योरेन्सले सर्वसाधारणको हिस्सा बढाउन प्रिमियममा शेयर निश्काशन गर्ने

Feb 06, 2015 Mero Lagani



 

शिखर ईन्स्योरेन्स कम्पनी (SICL)ले कम्पनीमा सर्वसाधारणको हिस्सा बढाउन प्रिमियममा शेयर निश्काशन गर्ने निर्णय गरेको छ । कम्पनी संचालक समितिको बैठकले सर्वसाधारण लगानीकर्ताका लागि १० प्रतिशत शेयर निश्काशन गर्ने निर्णय गरेको नेपाल स्टक एक्सचेन्जले जारी गरेको सूचनामा उल्लेख छ । 

 

शिखरको हाल चुक्ता पूँजी २९ करोड ७५ लाख रहेकोमा त्यसको १० प्रतिशतले हुन आउने रकम बराबरको शेयर निश्काशन गर्ने निर्णय गरिएको हो । कम्पनीमा हाल सर्वसाधारणको २० र संस्थापकको ८० प्रतिशत हिस्सा छ । कम्पनीले प्रिमियम रकम भने तोकेको छैन् । आन्तरिक मूल्याङकनबाट रकम तय भए पछि बीमा समितिबाट स्वीकृत भएपछि निश्काशनको सूचना जारी गरिने जनाईएको छ । प्रिमियम रकम चारसयसम्म हुनसक्ने बुझिएको छ ।

निर्जिवन बीमाको क्षेत्रमा शिखर ईन्स्योरेन्स राम्रो कम्पनी मानिन्छ । दोस्रो बजारमा कम्पनीको प्रति शेयर मूल्य ८५८ रुपैयाँ छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।