स्टान्डर्ड चार्टर्ड नाम मात्रै ठूलो, कमाईमा किन सुस्त ?

Feb 12, 2015 Mero Lagani



 

बिदेशी लगानी रहेको स्टान्डर्ड चार्टर्ड बैंकSCB नेपालले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खासै प्रगति गर्न सकेन । बैंकको ब्याज आम्दानी र संचालन नाफा घटेपछि झिनो रुपमा मात्र खुद नाफा बढाएको छ ।

बिदेशी लगानी हुँदैमा त्यसमा लगानी गर्न हौसिनेहरुलाई स्टान्डर्ड चार्टर्डको प्रति शेयर आम्दानी गत बर्षको दोस्रो त्रैमासको तुलनामा यस बर्षको सोही अवधिमा ६२ रुपैयाँबाट ५७ रुपैयाँमा झर्नुले पनि सजग गराउँछ । 

यस आर्थिक बर्षको दोस्रो त्रैमासमा बैंकले ६४ करोड ४६ लाख ८६ हजार खुद नाफा कमाएको छ, जुन रकम अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा १ करोड १३ लाख ७५ हजारले मात्र बढी हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले ६३ करोड ३३ लाख ११ हजार खुद नाफा आर्जन गरेको थियो ।

यस बर्षको दोस्रो त्रैमासमा गत बर्षको सोही अवधिको तुलनामा बैंकको ब्याज आम्दानी पाँच र संचालन नाफा सात प्रतिशतले घटेको छ । बैंकको विदेशी मुद्राको कारोबारबाट हुने आम्दानी पनि घटेको छ । शुल्क, कमिशन, र अन्य संचालन कृयाकलापबाट भएको आम्दानी र निस्क्रिय कर्जा अनुपात घटाई जोखिम ब्यहोर्ने कोषबाट फिर्ता ल्याएको रकमले खुद नाफा झिनो रुपमा बढाउन आधार दिएको देखिएको छ ।


बैंकको निक्षेप र कर्जा विस्तार भने संतोषजक नै छ । अन्य प्रतिस्पर्धी बाणिज्य बैंकहरुले खुद नाफा राम्रो बढाईरहेको बेला स्टान्डर्ड चार्टर्डSCB चाही खुम्चिनु लगानीकर्ताका लागि राम्रो समाचार पक्कै हैन् ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।