चिलिमे जलविद्युतको खुद नाफा किन घट्यो ?

Feb 17, 2015 Mero Lagani



 

जलविद्युतको क्षेत्रमा आकर्षक प्रतिफल दिदै आएको चिलिमे जलविद्युत कम्पनीको खुद नाफा यस आर्थिक बर्षको दोस्रो त्रैमासमा गत बर्षको सोही अवधिको तुलनामा छ प्रतिशतले कमी आएको छ । हाल २७० मेगावाटका पाँच वटा आयोजनाहरु बनाईरहेको चिलिमेको खुद नाफामा गिरावट आउनाले कम्पनीको आगामी त्रैमासहरु कस्तो होला भनी लगानीकर्ताहरुमा चासो बढाई दिएको छ । 

चिलिमेले जलविद्युत बेचेर गत बर्षको दोस्रो त्रैमासको भन्दा चार करोड रुपैयाँ बढी कमाएको, अन्य र ब्याज आम्दानी बढेको. भए पनि प्रशासनिक खर्च २८ प्रतिशत बढ्न जाँदा खुद नाफामा असर परेको देखिएको छ । कम्पनीले गत आर्थिक बर्षको दोस्रो त्रैमासमा ५६ करोड ८३ लाख खुद नाफा गरेकोमा यस बर्षको सोही अवधिमा ५३ करोड ३२ लाख रुपैयाँ मात्र कमाँउन सकेको छ ।

कम्पनीले गत आर्थिक बर्षको खुद नाफाबाट बोनस शेयर दिएर पूँजी बढाएको तर खुद नाफा घटेकोले प्रति शेयर आम्दानीमा पनि नकारात्मक असर परेको छ । कम्पनीको प्रति शेयर आम्दानी ३९.१३ रुपैयाँ छ । गत बर्षको दोस्रो त्रैमासमा भन्दा यस बर्ष कम्पनीको शेयर मूल्य पनि घटेर एक हजार आठसय रुपैयाँको हाराहारीमा ओर्लिएको छ ।

यस बर्षको दोस्रो त्रैमासमा कम्पनीले राम्रो गर्न नसके पनि भविष्यमा राम्रो प्रगति गर्नसक्ने संभावना भने बलियो देखिन्छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।