किन ओईरियो लक्ष्मी क्यापिटलको म्युचुअल फण्डमा साढे तीन गुणा बढी आबेदन ?

Feb 20, 2015 Mero Lagani



 

लक्ष्मी क्यापिटलले नेपालको पूँजी बजारलाई स्थायित्व र आधार प्रदान गर्न  ल्याएको ४० करोडको सामुहिक लगानी कोष लक्ष्मी भ्यालु फण्ड १ मा साढे तीन गुणा आबेदन परेको छ ।

ईकाई बिक्री बन्द हुन भन्दा तीन दिन अगावै मागभन्दा बढी आबेदन परेकोमा फागुन ६ गतेसाँझसम्ममा माग साढे तीन गुणा हुने गरी आबेदन परेको लक्ष्मी क्यापिटलले जनाएको छ । 

लक्ष्मी क्यापिटलका अनुसार ४० करोड रुपैयाँको फण्डमा एक अर्ब १५ करोड रुपैयाँ भन्दा बढीको ईकाई माग भएको पुष्टि भईसकेको छ । क्यापिटलले कतिपय आबेदनकको चेक क्लियरिङको क्रममा रहेकाले आबेदन रकमको आकार अझै बढ्नसक्ने बताएको छ । संस्थागत र सर्वसाधारण दुै खाले लगानीकर्ताले उत्साहपूर्ण सहभागिता जनाएको क्यापिटलको भनाई छ । बढी आबेदन परेका कारण कोषको आकार अब ५० करोड पुगेको छ ।क्यापिटलले लक्ष्मी भ्यालु फण्ड १ को बांडफांड बढीमा ४० दिनमा गरिसक्ने जनाएको छ ।

 

लक्ष्मी क्यापिटल लक्ष्मी बैंकको सहायक कम्पनी हो । पाँच बर्षे बन्दमुखी लक्ष्मी भ्यालु फण्ड १ को १० रुपैयाँ मूल्यको चार करोड ईकाईको माघ २९ गतेदेखि बिक्री खुला गरिएको थियो ।

 

सामुहिक लगानी कोष शेयर बजारका लगानीकर्ताहरुको लागि सुरक्षित क्षेत्र भएको, यसअघि जारी भएका लगानी कोषहरुले लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन थाल्दा आकर्षण बढेको, लगानीकर्ताहरुको मनोबल मध्यमस्तरको रहेको र बजारमा तरलताको अबस्था रहेको लगायतका कारणले लक्ष्मी भ्यालु फण्डमा धेरै रकमको आबेदन परेको हुनसक्ने आँकलन गरिएको छ । यसअघि जारी भएका सामुहिक लगानी कोषहरुमा पनि निर्धारित समय भन्दा अगाडि नै माग भन्दा धेरै गुणा बढी आबेदन परी कोषको आकार बढेको थियो ।


पूँजी बजारलाई आधार प्रदान गर्न आएको लक्ष्मी म्युचुअल फण्ड पाँचौ कम्पनी हो । यस अघि सिद्धार्थ क्यापिटल, नबिल ईन्भेष्टमेन्ट, एनएमबी क्यापिटल र एनआईबीएल क्यापिटलले यस्ता ईकाईहरु निश्काशन गरी अधिकांश कोष पूँजी बजारमा परिचालन गरिरहेका छन् । ईकाईको हिसावले लक्ष्मी म्युचुअल फण्ड छैटौं ईकाई हो ।

शेयर बजारमा जोखिम मूल्याङकन गरी लगानी गर्न नसक्नेहरुका लागि यस्ता सामुहिक लगानी कोष निकै उपयोगी हुने गरेका छन् । यस्ता कम्पनीहरुले शेयर बजारमा कम्पनीको अबस्था, संस्थागत सुशासन, प्रगति गर्नसक्ने संभावना, जोखिमको अबस्थालगायतका बिषय मूल्याङकन गरी लगानी गर्ने हुँदा ईकाईधनी सर्बसाधारणले ढुक्कले प्रतिफल पाउने गर्छन । बर्षेनी ईकाईधनीले लाभांश पाउनुकासाथै पाँच बर्षे अवधि समाप्त भएपछि जम्मा प्रतिफलसहितको एकमुष्ट रकम फिर्ता पाउने भएकाले सामुहिक लगानी कोष अति नै सुरक्षित मान्निछ ।

अर्कोतर्फ यस्ता कोषहरुले जम्मा भएको पूँजीको ८० प्रंतिशतसम्म रकम शेयर बजारमै लगानी गर्ने हुँदा पूँजी बजारलाई ठूलो आधार मिल्ने र स्थायित्व ल्याउने गरेको छ । यसअघिका चार वटा सामुहिक लगानी कोषहरुले शेयर बजारमा गरेको लगानीले हालैका दिनहरुमा राम्रा कम्पनीको शेयरको मूल्यमा बृद्दि देखिनुका साथै प्रतिकुल अबस्थामा पनि बजार धेरै तल खस्कन र धेरै माथि जानबाट रोकेको छ । सामुहिक लगानी कोषहरुले अहिले राम्रा कम्पनीको शेयर मूल्य माथि जान नदिई खरिद गर्ने प्रबृत्ति देखाएका छन् । पछिल्ला दिनहरुमा नेपला स्टक एक्सचेन्जमा बीस करोड भन्दा माथिको दैनिक शेयर कारोबार हुनुमा सामुहिक लगानी कोषहरुकै प्रभाव मानिएको छ । 




हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने

Jul 16, 2025 06:17 AM

हिमालयन बैंक लिमिटेड (HBL) ले आज (असार ३२ गते) देखि थप सर्वाजनिक निष्काशन अर्थात फर्दर पब्लिक इस्यू (एफपीओ) गर्दैछ। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले बैंकले एफपीओ जारी गर्न लागेको हो।