सावधान ! नेपालमा ईन्टरनेट बैंकिङ ह्याकरहरु सक्रिय छन्

Mar 07, 2015 Merolagani



नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यु्रो (सीआईबी) ले ईन्टरनेट बैंकिङको पासवर्ड प्राप्त गरी बैंक खाताहरुबाट रकम सार्ने गिरोहलाई राजधानीबाट पक्राउ गरेपछि ईन्टरनेट बैंकिङ र एटीएम प्रणाली खतरामा रहेको तथ्य बाहिर आएको छ ।
राजधानीको नक्सालस्थित सानिमा बैंकबाट एक बंगलादेशी नागरिकले ईन्टरनेट बैंकिङ पासवर्ड दुरुपयोग गरी रकम आफ्नो खातामा सारेर चेक मार्फत भुक्तानी लिएको गत बुधवार भएको घटनापछि सीआईबीले ब्यापक अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले बंगलादेशी नागरिक अहमद विन मुसा र उनका सहयोगी शाह मोजाईमलाई पक्राउ गरेपछि यसमा ठूलो गिरोह संलग्न रहेको आशंका बढेको छ ।
सानिमा बैंकमा पहिले सून्य मौज्दात रकममा खाता खोलेका विनले पछि अनलाईन ईन्टरनेट बैंकिङको सुविधासमेत लिएर आफ्नो प्रयोगकर्ता नाम र गोप्य पिन नम्बरको सहायताले कम्प्युटर प्रणालीमा पहुँत बढाई गडबडी गरेर रकम यताउता गरेको पाईएकोे छ । सानिमाले तीनसय रुपैया तिरेपछि ईन्टरनेट बैंकिङ सुविधा सहजै दिने गरेको छ । सून्य मौज्दातमा खालेको खातामा दश हजार रुपैयाँ जम्मा भएको देखिएपछि बैंकका कर्मचारीहरुलाई शंका लागि प्रहरीलाई खबर गरेका थिए । रकम भुक्तानी लिँदासम्म बंगलादेशी नागरिकहरुले बैंकिङ डाटाबेशमै गडबडी गरिसकेका थिए । यो गिरोहमा अरु पनि संलग्न हुनसक्ने भन्दै प्रहरीले खोजविन तीब्र पारेको छ ।
यति मात्रै हैन, उनीहरुले नेपालीहरुलाई पनि सुन्य मौज्दातको खाता खोल्न र ईन्टरनेट बैंकिङ सुविधा लिन लगाएर गडबडी गरी प्राप्त हुने निश्चित रकम दिने प्रलोभन समेत दिएका थिए । प्रहरीले नेपाली खातावालहरुको नाम भने ‘सार्वजनिक गरेको छैन ।
बंगलादेशी नागरिकहरु नेपालमा टेलिफोनको वाईपास कल ( भिओआईपी र जिओआईपी ), नक्कली नोट र राहदानी, बैंकिङ कसु्रलगायतका मामिलामा बेला बेलामा पक्राउ पर्ने गरेका छन् । ईन्टरनेट बैंकिङ जस्तो अत्याधुनिक प्रविधिमा समेत उनीहरु गडबडी गर्नसक्ने अबस्थामा पुगिसकेकोले बढी सतकर्ता अपनाउनुपर्ने अबस्था देखिएको छ । ईन्टरनेट बैकिङ र एटीएम सेवा प्रदान गरिरहेका बैंकहरुले आफ्नो सुरक्षा बन्दोबस्ती बढाउनुपर्ने आबश्यकता अरु तड्कारो बनेको छ किनभने हिमालयन बैंक जस्ता बैंकहरु यसअघि नै आफ्नै कर्मचारीबाट गराईएको ईन्टरनेट र एटीएम बैंकिङ गडबडीका शिकार भईसकेका छन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।