शिखर ईन्स्योरेन्सले किन राख्यो एफपीओको महंगो मूल्य ?

Mar 15, 2015 Merolagani



शिखर ईन्स्योरेन्स (SICL)ले सर्वसाधारणमा जारी गर्न लागेको अतिरिक्त शेयर बिक्री (एफपीओ)को न्युनतम मूल्य ६५० रुपैयाँ राख्ने प्रस्ताव गर्दै नियमनकारी निकायसँग अनुमति मागेको छ । शिखरको संचालक समितिले सर्वसाधारणको हिस्सा कम्पनीमा बढाउनुपर्ने बाध्यात्मक अबस्थाका कारण एफपीओ जारी गर्न लागेको हो । 

उसको साधारण शेयरको हालको बजार मूल्य नै ७५५ रुपैयाँ छ । त्यसमाथि हालैको साधारणसभाले २० प्रतिशत बोनस शेयर जारी गरिसकेकोले प्रिमियमका लागि तोकिएको मूल्य निकै महंगो हो ।


शिखर ईन्स्योरेन्स कम्पनीले कम्पनीमा सर्वसाधारणको हिस्सा बढाउन प्रिमियममा शेयर निश्काशन गर्ने निर्णय गरेको छ । कम्पनी संचालक समितिको बैठकले सर्वसाधारण लगानीकर्ताका लागि १० प्रतिशत शेयर निश्काशन गर्ने निर्णय गरेको हो ।


शिखरको हाल चुक्ता पूँजी २९ करोड ७५ लाख रहेकोमा त्यसको १० प्रतिशतले हुन आउने रकम बराबरको शेयर निश्काशन गर्ने निर्णय गरिएको हो । कम्पनीमा हाल सर्वसाधारणको २० र संस्थापकको ८० प्रतिशत हिस्सा छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।