चिलिमे जलविद्युतमा फेरि आन्दोलन सुरु, सबै प्रशासनिक काम बन्द

Apr 02, 2015 Merolagani



चिलिमे जलविद्युत आयोजनाका कर्मचारी आन्दोलनमा उत्रिएपछि सबै प्रशासनिक काम बन्द भएको छ । 

चिलिमे जलविद्युत् कम्पनीका कर्मचारी युनियनका अध्यक्ष विप्लव खड्काका अनुसार त्रुटिपूर्ण तवरले लेखा प्रमुखलाई कम्पनीको सचिव बनाएको, प्राधिकरणमा काज फिर्ता गएका कर्मचारीलाई विदेश भ्रमण पठाउने गरेको, कर्मचारीले पाउनुपर्ने सेयर उपलब्ध गराउन ध्यान नदिएकाले आन्दोलन सुरु गरिएको हो । 

 राससका अनुसार कर्मचारीहरुले कम्पनी र कर्मचारीको हितमा कार्य गर्न १२ बुँदे ज्ञापनपत्र कम्पनीमा पेस गरी अनिश्चितकालीन दोस्रो आन्दोलन चैत १७ गतेबाट सुरु गरेका हुन् । 

सरकारले मान्यता प्राप्त ट्रेड युनियनमार्फत् गठित युनियनले सेयर धनीलाई समेत यथोचित लाभांश दिनुपर्ने मान्यताका साथ शान्तिपूर्ण आन्दोलनमार्फत् अघि बढिरहेको अवस्थामा वार्ता नगरी प्रहरी हस्तक्षेप गराएकाले दोस्रो चरणअन्तर्गत केन्द्रीय कार्यालय तथा चिलिमे केन्द्रका सबै किसिमका प्रशासनिक काम बन्द गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।

कार्यकारी निर्देशक कुलमान घिसिङलाई काठमाडौ फिर्ता गरिएपछि आन्दोलित बनेका स्थानीयबासी र कर्मचारीहरुले केही महिना अघि पनि यसैगरी काम बन्द गरेका थिए । चिलिमे सरकारको स्वामित्वमा रहेर पनि लगानीकर्तालाई राम्रो प्रतिफल दिन सफल रहेकोले त्यसको शेयरमा निकै आकर्षण देखिएको थियो तर पछिल्ला दिनहरुमा बारम्बारको आन्दोलन र सरकारी कमजोरीले कम्पनीको साख खस्कन थालेको छ । चिलिमेको शेयरको भाऊ पनि २८०० रुपैयाँबाट १५ सय रुपैयाँको हाराहारीमा झरेको छ ।  कम्पनीले हाल २७० मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ । सरकारी कमजोरी र कर्मचारी तथा स्थानीयवीचको टकरावले ती आयोजना निर्माण पनि सुस्त हुँदै गएका छन् । 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।