सबैभन्दा बढी बिमा दावी परेको सगरमाथा ईन्स्योरेन्सको बिमा कोषमा २६ करोड छ भने जगेडा कोषमा २५ करोड रुपैयाँ मात्र छ । ३१ करोड चुक्ता पूँजी रहेको सो कम्पनीले ६ अर्बसम्मको दावी पर्ने अबस्थामा पुनर्बिमा कम्पनीले तिर्ने रकम छाडेर बांकी रकमको हिसाव गर्दा पूँजीमै असर पर्ने आँकलन गरिएको छ ।सगरमाथाले होराईजन, सिटिसी मल, सिभिल मल लगायतका ठूला संरचनाहरुको बिमा गरेको छ ।

बिमा कम्पनीहरु अहिले धमाधम दावी निबेदनमाथि छानविन गर्न र क्षति मुल्याङकन गर्न सर्भेयरहरु खटाईरहेका छन् । बिमा दावीको निबेदन पर्ने क्रम जारी रहेकाले निबेदन संख्या अरु बढ्न सक्ने देखिएको छ । बिमा समितिले दावी रकमको बिबरण दिन बारम्बार बिमा कम्पनीहरुलाई ताकेता गरिरहेको भए पनि सर्भे र मूल्याङकनको क्रम चलिरहेकाले कम्पनीहरुले दिन सकेका छैनन् ।
बिमा कम्पनीहरुले आफुले जारी गरेको बिमा लेखमा उल्लेखित रकम मध्ये कम्तिमा ७० प्रतिशतको पुनर्बिमा गरेकाले ठूलो असर नपर्ने दावी गर्छन् । कम्पनीहरुमा परेको निबेदनहरु सबै बिमा दावीका लागि योग्य नहुने बिमा कम्पनीका अधिकारीहरु बताउँछन् । तर यसपटक दावी भुक्तानी गर्दा निर्जिबन बिमा कम्पनीका कोषहरु रित्तिने स्पष्ट छ ।
प्रुडेन्सियल ईन्स्योरेन्सका कम्पनी सचिव आनन्द खड्का भन्छन्– निबेदन पर्ने क्रम जारी छ र सर्भे गर्ने क्रम पनि धमाधम चलिरहेको छ । कतिपय दावीका निबेदनहरु आधारै नपुग्ने पनि हुनसक्छन् । त्यसैले कति रकमको दावी पर्यो भनेर अहिल्यै भन्न सकिन्न ।

बिमा दावी भुक्तानी गर्न नसक्दा नेपालका बिमा कम्पनीहरुको पूँजीमै असर पर्ने तर्कलाई भने बिमा कम्पनीका संचालकहरु अश्वीकार गर्छन् । खड्का भन्छन– हामीले बिमा गरेका अधिकांश घरहरु ब्यक्तिगत प्रयोजनमा बैंकबाट कर्जा लिईएकाहरु छन्, कतिपय घरहरु पुरै भत्किएको नभई कम्पाउन्ड पर्खाल मात्र ढलेकाले पनि निबेदन दिएका हुनसक्छन् । यस्तो अवस्थामा हामीले तिर्नुपर्ने रकम निकै कम हुनसक्छ ।
जीवन बिमा कम्पनीहरुमा भने खासै दावी परेको छैन । भुकम्पको असर जीवन बिमा कम्पनीहरुमा ज्यादै न्युन रुपमा पर्ने देखिएको छ । नेपालमा बिमा गराउनेहरुको संख्या दश प्रतिशत मात्र रहेको र त्यसको बढी हिस्सा काठमाडौलगायतका शहरमा केन्द्रित भएको बताईएको छ ।
पूँजी बढाउने चाप पर्नसक्ने
नेपालका जीवन बिमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजी ५० करोड र निर्जिवनको २५ करोड रहेकोमा केही बर्ष अघि बिमा ऐन संशोधन मस्यौदामा जीवनको दुई अर्ब र निर्जिबनको एक अर्ब बनाउने प्रावधानसहित मन्त्रिपरिषदमा पेश गरिएको थियो तर त्यतिबेला त्यो ऐन संशोधन प्रक्रिया अगाडि बढ्न सकेन । बिमा समितिले हालै मस्यौदा गरेको नयाँ बिमा ऐनमा बिमा कम्पनीहरुको पूँजी सिमा उल्लेख नगरी बिमा समितिकै तजविजीमा निर्भर रहने ब्यवस्था गर्न खोजिएको छ । लामो समयदेखि अधिकांश निर्जिवन बिमा कम्पनीहरु २५ करोडकै दायरा वरपर नै खुम्चिएपछि विपत्को बेला जोखिम बहन गर्न हम्मेहम्मे परेको छ । एभरेष्ट, एनबी, प्रिमियरलगायतका ईन्स्योरेन्सहरु त अझै २५ करोड चुक्ता पूँजी पनि पुर्याउन नसकेर बिमा समितिले असार मसान्तको भाका तोकेर चेतावनी दिनुपरेको छ । बिमा समितिका अध्यक्ष डा. फत्तबहादुर केसी बिमा ऐनको मस्यौदा त्यतिबेला मन्त्रिपरिषदबाट पारित हुन नसक्नु नै दुर्भाग्यपूर्ण भएको दावी गर्छन ।
भुकम्पपछि बिमा गराउनेहरुको संख्या बढ्ने स्थिति देखिएकाले कारोबार बिस्तार गर्न र कम्पनीलाई जोखिममुक्त पार्न निर्जिबन बिमा कम्पनीहरुले चुक्ता पूँजी बढाउनै पर्ने अबस्था आएको छ । जोखिमको हिसावले हेर्दा जीवन भन्दा निर्जिबन बिमा कम्पनीको चुक्ता पूँजी र कोषहरु बढी हुनुपर्ने पाठ यसपटकको भुकम्पले दिएको छ । शेयर बजार प्रभावित हुने आशंकामा बिमा कम्पनीहरुको पूँजी बृद्धिबारे तत्काल बिमा समितिले औपचारिक कुरा भने नगर्ने अधिकारीहरु बताउँछन् ।
हुन त बिमा समितिले बिमा कम्पनीहरुले २० प्रतिशत भन्दा बढी नगद लाभांश दिन नपाउने निर्देशन दिदै यही कारणले सगरमाथा ईन्स्योरेन्सलाई लाभांश प्रस्ताव संशोधन गर्न लगाएको थियो । बिमा समितिले बोनस शेयरमै जोड दिदै बिमा कम्पनीहरुलाई पूँजी बढाउन अप्रत्यक्ष दबाब दिदै आएको हो ।
केही घाटा, धेरै अवसर
भुकम्पपछि जनस्तरमा पनि जीवन र सम्पतिको बिमा गर्नुपर्ने चेतना ह्वात्तै बिस्तार भएको पाईएको छ । भुकम्पले बिमा कम्पनीहरुलाई केही घाटा पुर्याए पनि ब्यापक अवसर सिर्जना गरेको मान्न सकिन्छ । तर यही मौकामा बिमा कम्पनीहरुले प्रिमियम बढाउने दाऊ पनि खोजिरहेका छन्, जसलाई बिमा समितिले हालै अंकुश लगाएको छ ।
कति घट्ला शेयर भाऊ ?
बैसाख १२ मा भुकम्प गएको झण्डै एक महिनापछि यही आईतबारबाट खुल्न लागेको शेयर बजारमा सबैभन्दा बढी निर्जिबन बिमा कम्पनीका शेयरहरु प्रभावित हुने आँकलन गरिएको छ । सबैभन्दा बढी मार खेप्ने बिमा कम्पनीको शेयरमा बिक्री चाप बढी पर्ने र कम मार परेको कम्पनीमा कम बिक्री चाप पर्ने आँकलन गर्न सकिन्छ । तर यो पनि केही समयपछि थामिएर कम्पनीहरुको पूँजी बृद्धिको आशमा सुधारिनसक्ने संभावना छ ।
यो पनि पढ्नुहोस्
निर्जिवन बीमा कम्पनीमा अर्बौको क्षतिपुर्ति दावी, के डुब्लान् त बीमा कम्पनी ?
महाभुकम्पले नेपालका कुन बीमा कम्पनीलाई कस्तो असर ?
भुकम्पले धरासायी पार्क भ्यु होराईजन तत्काल भत्काउन तीब्र दबाब, ११ तलेको स्वीकृति लिएर १७ तला बनाएको खुलासा
कति प्रयोगमा आउलान् भुकम्पबाट क्षतिग्रस्त अपार्टमेन्ट ?
भुकम्पले घर जग्गा ब्यवसायमा धक्का दिँदा कुन बाणिज्य बैंकलाई बढी मार ?
शेयर बजारमा महाभूकम्पको सम्भावित असर कस्तो पर्ला ? अन्तर्राष्ट्रिय अनुभवसहित हिमाल भट्टराइको बिश्लेषणः
महाभुकम्प : बैंक देखि लगनाीकर्ताहरु सम्मलाई महाझड्का