शेयर बजारमा नाटकीय फर्काई, मूल्य तल आएका राम्रा शेयरमा बिक्रेता नै भएनन्

May 26, 2015 Merolagani



लगातार दुई दिनदेखि घटेको शेयर बजारमा तेस्रो दिन केही राम्रा कम्पनीको शेयर बेच्नेहरुको चरम अभाव देखिएको छ । कारोबार सुरु हुने बित्तिकै घटेको बजारमा राम्रा कम्पनीको शेयर उठाउनेहरु सक्रिय भएपछि बिक्रेताहरु पछि हटेका थिए ।

बजार खुले आघा घण्टामै शेयर बजार डेढ अंकले सकारात्मक भएर नेप्से ८८१ मा उक्लिएको छ । राम्रा बाणिज्य बैंकहरुको शेयरमा खरिदकर्ताहरुको चाप परेको देखिएको छ ।

तेस्रो दिनको कारोबार प्रबृत्ति हेर्दा शेयर बजारमा भुकम्पको प्रभाव क्षणिक हुने देखिएको छ । सरकारले बास्केट फण्ड बनाएर शेयर बजारको स्थायित्वमा भुमिका खेल्न आफ्ना कम्पनीहरुलाई निर्देशन दिएको असर पनि बजारमा परेको मान्न सकिन्छ । 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।