लक्ष्मी बैंकको हकप्रद खानेलाई फाईदा कि बुक क्लोजपछि शेयर किन्नेलाई ?

Jun 03, 2015 Merolagani



लक्ष्मी बैंक (LBL)को प्रस्तावित ३० प्रतिशत हकप्रद शेयरको लागि शेयरधनी दर्ता किताब बन्द भएपछिको समायोजित प्रति शेयर मूल्य ४२३ रुपैयाँ तोकिएको छ । नेप्सेले जनाए अनुसार सो कम्पनीको सरदर शेयर मूल्य भने ४६१ रुपैयाँ छ । शेयरधनी दर्ता किताब बन्द हुने अघिल्लो दिन मंगलबार बैंकको शेयर मूल्य दुई प्रतिशत बढेर ५२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । भुकम्प गएको एक महिनापछि खुलेको शेयर बजारमा लक्ष्मीको शेयर मुल्य अघिल्लो साता ४४० रुपैयाँ भन्दा पनि तल गएको थियो । 

हकप्रदको शेयरधनी दर्ता किताब बन्द पछि मूल्य कम भएकोले बढ्दो बजारमा यस बैंकको शेयर मूल्यमा फरक पर्ने अबस्था भए पनि हकप्रदका लागि आबेदन खुली त्यसको प्रमाणपत्र वितरण र नेप्सेमा सुचीकरण हुँदाको अबस्था समेत बिचार गर्ने हो भने शेयरधनी दर्ता किताब बन्दपछि नै घटेको मूल्यमा शेयर उठाउनेहरुले जित्नसक्ने अबस्था हुन्छ । 

लक्ष्मी बैंकको गत कार्तिक २५ गते बसेको साधारणसभाले तीस प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पारित गरेको थियो । चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक बित्तीय बिबरणमा बैंकको पूँजी कोष १०.७६ रहेकोले पूँजी बढाउनुपर्ने चापमा बैंक ब्यवस्थापन परेको छ । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा २४ करोड खुद नाफा गरेको छ ।




निफ्राले गर्यो नगद लाभांश घोषणा

Sep 05, 2025 10:17 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।