भूकम्प पीडितलाई राष्ट्र बैंकको राहत ,बैंक तथा वित्तीय संस्थाबाट लिएको ५० हजार रुपैयाँ सम्मको कर्जा छुट

Jun 23, 2015 Mero Lagani



 

यदि तपाई भुकम्प पीडित हुनुहुन्छ र बैंक तथा वित्तीय संस्थाबाट बाट ५० हजार रुपैयाँ सम्मको कर्जा लिनुभएको छ भने तपाइको लागि यो खुशीको खबर हुनसक्छ । नेपाल राष्ट बैंकले भूकम्प पीडितले बैंक तथा वित्तीय संस्थावाट लिएको ५० हजार रुपैयाँसम्म कर्जा छुट दिने प्रक्रिया अगाडि बढाएको छ ।

राष्ट बैंकले तयार पारेको उक्त कार्यविधि अर्थमन्त्रालय हुदै मन्त्रिपरिषदमा पेश गरेर पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । राष्ट्र बैकका अनुसार यस सम्बन्धी कार्यविधि यसै साता अर्थमन्त्रायमा पठाउने तयारी छ । मन्त्रिपरिषदले राहत घोषणा गर्दा बैंकवाट लिएको ५० हजार रुपैयाँसम्मको कर्जा छुट दिने बताएको थियो । राष्ट्र बैंकले तयार पारेको कार्यविधिमा भने बैंक तथा वित्तीय संस्थावाट लिएको कर्जा भनिएको छ ।


बैंक शब्द मात्र उल्लेख गर्दा फाइनान्स कम्पनीवाट लिर्इकाहरुले सुविधा पाउने नपाउने द्दिविधा हुने र विकास बैंकलाई पनि सम्बोधन हुने नहुने प्रष्ट हुन नसकेकोले बैंक तथा वित्तीय संस्था भन्ने शब्दाबली प्रयोग गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

यस्तो सुविधा भूकम्प पीडित भएको र ५० हजार रुपैयाँ साँवा लिएर नियमित किस्ता तिरिरहेको वा ५० हजार रुपैयाँभन्दा कम कर्जा लिएको भएपनि साँवा ब्याज गरेर ५० हजार रुपैयाँ ननाघेका ब्यक्तिको हकमा मात्रै लागू हुनेछ । ५० हजार रुपैयाँभन्दा बढी कर्जा लिने ब्यक्तिहरुले यस प्रकारको सुविधा पाउने छैनन् ।

सरकारी कर्मचारी र सोही बैंक वित्तीय संस्थाका कर्मचारीले लिएको कर्जा छुट नगरिने ब्यवस्था उल्लेख गरिएको छ । साथै कार्यविधिमा सहकारी संस्थावाट लिएको कर्जा छुटको बिषयमा केही बोलिएको छैन ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।