भूकम्प पीडितलाई राष्ट्र बैंकको राहत ,बैंक तथा वित्तीय संस्थाबाट लिएको ५० हजार रुपैयाँ सम्मको कर्जा छुट

Jun 23, 2015 Mero Lagani



 

यदि तपाई भुकम्प पीडित हुनुहुन्छ र बैंक तथा वित्तीय संस्थाबाट बाट ५० हजार रुपैयाँ सम्मको कर्जा लिनुभएको छ भने तपाइको लागि यो खुशीको खबर हुनसक्छ । नेपाल राष्ट बैंकले भूकम्प पीडितले बैंक तथा वित्तीय संस्थावाट लिएको ५० हजार रुपैयाँसम्म कर्जा छुट दिने प्रक्रिया अगाडि बढाएको छ ।

राष्ट बैंकले तयार पारेको उक्त कार्यविधि अर्थमन्त्रालय हुदै मन्त्रिपरिषदमा पेश गरेर पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । राष्ट्र बैकका अनुसार यस सम्बन्धी कार्यविधि यसै साता अर्थमन्त्रायमा पठाउने तयारी छ । मन्त्रिपरिषदले राहत घोषणा गर्दा बैंकवाट लिएको ५० हजार रुपैयाँसम्मको कर्जा छुट दिने बताएको थियो । राष्ट्र बैंकले तयार पारेको कार्यविधिमा भने बैंक तथा वित्तीय संस्थावाट लिएको कर्जा भनिएको छ ।


बैंक शब्द मात्र उल्लेख गर्दा फाइनान्स कम्पनीवाट लिर्इकाहरुले सुविधा पाउने नपाउने द्दिविधा हुने र विकास बैंकलाई पनि सम्बोधन हुने नहुने प्रष्ट हुन नसकेकोले बैंक तथा वित्तीय संस्था भन्ने शब्दाबली प्रयोग गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

यस्तो सुविधा भूकम्प पीडित भएको र ५० हजार रुपैयाँ साँवा लिएर नियमित किस्ता तिरिरहेको वा ५० हजार रुपैयाँभन्दा कम कर्जा लिएको भएपनि साँवा ब्याज गरेर ५० हजार रुपैयाँ ननाघेका ब्यक्तिको हकमा मात्रै लागू हुनेछ । ५० हजार रुपैयाँभन्दा बढी कर्जा लिने ब्यक्तिहरुले यस प्रकारको सुविधा पाउने छैनन् ।

सरकारी कर्मचारी र सोही बैंक वित्तीय संस्थाका कर्मचारीले लिएको कर्जा छुट नगरिने ब्यवस्था उल्लेख गरिएको छ । साथै कार्यविधिमा सहकारी संस्थावाट लिएको कर्जा छुटको बिषयमा केही बोलिएको छैन ।

 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।