प्रभुले ग्रान्ड किन्ने प्रक्रिया अन्तिम चरणमा, दुवैले एकैदिन बोलाए विशेष साधारण सभा, २ महिना भित्रमा एकिकृत कारोबार

Jul 08, 2015 Mero Lagani



गत माघ १५ गते प्रभु बैंकले ग्राण्ड बैंक नेपाललाई प्राप्त गर्ने अर्थात एक्विजिसनका लागि गरेको प्रारम्भिक सम्झौताले साउन ७ गते अन्तिम रुप पाउने भएको छ । नेपाल राष्ट्रबैंकले असार ३ गते एक्विजिसनका लागि सैद्धान्तिक सहमती दिए पछि प्रभुले ग्राण्डलाई खरिद गर्ने प्रकृया टुंग्याउन दुवै बैंक अग्रसर भएका हुन् । 

यसका लागि दुबै बैंकले साउन ७ गतेलाई विषेश साधारण सभा बोलाएका छन् । सभाबाट पारित भएपछि एकिकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिए पछि झण्डै १ महिनामा ग्राण्ड बैंक पनि प्रभु बैंक बन्ने छ । यस लगत्तै प्रभु बैंकले ढिलोमा अशोज महिनाको पहिलो सातासम्ममा एकिकृत कारोबार सुरु गर्ने लक्ष्य लिएको छ ।

 

यस अघि ग्राण्ड बैंकले असार १८ गते जावलाखेलस्थित स्टाफ कलेजमा विशेष साधारण सभा बोलाएको थियो । कर्मचारी व्यवस्थापनका लागि स्वैच्छिक अवकास योजना (भिआरएस) ल्याएको तथा एक्वजिसन पश्चात पनि बढुवा प्रयोजनमा काम गरेको अवधि गणना गर्ने विषयमा विवाद चर्किए पछि ग्राण्डले उक्त दिनको विशेष साधारण सभा स्थगित गरेको थियो । यस सम्बन्धमा बैंकका कर्मचारीहरुसँग सहमति भए पछि ग्राण्डले साउन ७ गतेका लागि फेरी विशेष साधारण सभा आह्वान गरेको हो ।

एक बर्ष अघि नेपाल राष्ट्र बैंकले एक्विजिसन नीति ल्याए पश्चात पहिलो पटक एउटा बाणिज्य बैंकले अर्को बाणिज्य बैंकलाई खरिद गर्न लागेको हो ।

 कसरी मिलाइयो शेयर मुल्यांकन ?

प्रभु बैंकले ग्राण्ड बैंकलाई नगद नभइ शेयर दिएर खरिद गर्न लागेको हो । यसका लागि दुवै बैंकले एक्विजिसनका लागि शेयर मुल्याकंन गरेका छन् । जस अनुसार प्रभु बैंकको प्रति शेयर मूल्य १ सय २१ रुपैयाँ ४५ पैसा पर्ने छ भने ग्रान्डको ६५ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । यो शेयर मुल्यांकनका आधारमा ग्रान्ड बैंकको २ कित्ता शेयर हुनेले एक्विजिसन पश्चात प्रभुको १ दशमलव शुन्य सात कित्ता शेयर पाउने छन् ।

शेयर दिएर बैंक एक्विजिसन गरेका कारण प्रभुको चुक्ता पूँजीमा भने खासै वृद्धि नहुने भएको छ । एक्विजिसन पश्चात प्रभु बैंकको चुक्ता पुँजी ५ अर्व ९२ करोड ८९ लाख ४८ हजार ७ सय रुपैंया पुग्नेछ । अहिले प्रभुको चुक्ता पूँजी ५ अर्ब ८५ करोड ५ लाख ६२ हजार रुपैंया छ । एक्विजिसन पछिको चुक्ता पुँजीमा २० प्रतिशत हकप्रद सेयर दिने निर्णय यस अघिनै प्रभु बैंकको साधारणसभाले गरि सकेको छ । साउन ७ गतेको साधारण सभाले तत्कालीन किष्ट बैंकको नारा तथा लोगोलाई हटाउने प्रस्तावलाई पनि अनुमोदन गर्ने भएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।