सानिमा बैंकको ७ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन, वार्षिक ७ प्रतिशत प्रतिफल

Jul 17, 2015 Mero Lagani



सानिमा बैंकले ७० करोड रुपैंया वरावरको ऋणपत्र निष्कासन गरेको छ । धितोपत्र वोर्डबाट अनुमति पाए लगत्तै यसका लागि गृहकार्य गरेको बैंकले बिहीबारदेखि ऋणपत्र निष्काशन गरेको हो । वार्षिक ७ प्रतिशत प्रतिफल तोकिएको उक्त ऋणपत्रको विक्री प्रवन्धक सिभिल क्यापिटल तोकिएको छ ।

१ हजार रुपैंया फेस भ्याल्लु दर निर्धारण गरिएको ऋणपत्रका लागि आवेदकले कम्तीमा २५ कित्ता र बढीमा १ लाख ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । ७ लाख कित्ता मध्ये प्राभेट प्लेसमेण्टमा आधारित ५ लाख ६० हजार कित्ता तथा सर्वसाधारणका लागि बाँकी रहेको १ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

ऋणपत्रका लागि कमलादीस्थित सिभिल क्यापिटल र बैंकको केन्द्रिय कार्यालयका साथै सबै शाखा बाट आवेदन दिन सक्ने छन् । साउन १ गतेबाट खुला गरिएको ऋणपत्र निष्काशनको म्याद छिटोमा साउन ५ र ढिलोमा साउन १५ गतेसम्म रहेको छ ।

यो पनि पढ्नुहोस् । कुन कुन कम्पनीले जारी गर्दै छन साधरण शेयर र ऋणपत्र ?

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।