फेसबुकबाट खबर, भिवोर बैंकको नाफा साढे चौध करोड

Jul 17, 2015 Mero Lagani



भिवोर विकास बैंकका प्रमुख कार्यकारी अधिकृत जनकराज खनालको फेसबुक टाइमलाइनमा शुक्रबार दिउँसो भिवोर विकास बैंकले १ सय ४६ मिलियन नेपाली रुपैंया नाफा कमाएको स्टाटश शेयर गरेका छन् । 


यस अनुसार भिवोर विकास बैङ्कले गत आर्थिक वर्ष २०७१ र ७२ मा १४ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा १३ करोड १९ लाख रुपैंया घाटामा रहेको बैंकको अर्थिक सुचकांक गत आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरणदेखि सकरात्मक देखिन थालेको थियो । ३ वर्षपछि गत असोज मसान्तबाट नाफा कमाउन थालेको बैंकले आर्थिक वर्षको अन्त्य सम्म आइपुग्दा १४ करोड ६० लाख रुपैंया नाफा कमाएको हो ।


असार ३१ गतेसम्ममो बैङ्कले निष्कृय कर्जाको दर ३ प्रतिशतभन्दा तल झारेको कुरा पनि कार्यकारी अधिकृत अनालले फेसबुकमा उल्लेख गरेका छन् ।


घरजग्गाको कारोबारमा आएको मन्दीसँगै आर्थिक कारोबार ऋणात्मक बन्दै गएको भिवोरसंग विभिन्न बैंकहरुले मर्जर तथा अक्विजिशनको प्रयास गर्दा सफल हुन सकेको थिएन । अन्तत राष्ट्र बैंकले समस्याबाट निस्किन सहयोग गरेको थियो ।

 

......................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।