फेसबुकबाट खबर, भिवोर बैंकको नाफा साढे चौध करोड

Jul 17, 2015 Mero Lagani



भिवोर विकास बैंकका प्रमुख कार्यकारी अधिकृत जनकराज खनालको फेसबुक टाइमलाइनमा शुक्रबार दिउँसो भिवोर विकास बैंकले १ सय ४६ मिलियन नेपाली रुपैंया नाफा कमाएको स्टाटश शेयर गरेका छन् । 


यस अनुसार भिवोर विकास बैङ्कले गत आर्थिक वर्ष २०७१ र ७२ मा १४ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा १३ करोड १९ लाख रुपैंया घाटामा रहेको बैंकको अर्थिक सुचकांक गत आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरणदेखि सकरात्मक देखिन थालेको थियो । ३ वर्षपछि गत असोज मसान्तबाट नाफा कमाउन थालेको बैंकले आर्थिक वर्षको अन्त्य सम्म आइपुग्दा १४ करोड ६० लाख रुपैंया नाफा कमाएको हो ।


असार ३१ गतेसम्ममो बैङ्कले निष्कृय कर्जाको दर ३ प्रतिशतभन्दा तल झारेको कुरा पनि कार्यकारी अधिकृत अनालले फेसबुकमा उल्लेख गरेका छन् ।


घरजग्गाको कारोबारमा आएको मन्दीसँगै आर्थिक कारोबार ऋणात्मक बन्दै गएको भिवोरसंग विभिन्न बैंकहरुले मर्जर तथा अक्विजिशनको प्रयास गर्दा सफल हुन सकेको थिएन । अन्तत राष्ट्र बैंकले समस्याबाट निस्किन सहयोग गरेको थियो ।

 

......................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।